सलमान नआउँदा कसलाई कति घाटा ? पर्यटनमन्त्रीले भन्लान् त- ‘मुम्बईसे अहिल्यै उठाएर ल्याउता है !’

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार ११:२३

नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिने
धुलो-धुवाँ देखाउन परे अहिलेको काठमाडौं प्रयोग गरे पुग्ने !

पोखरामा नौ मत हराएको भन्दै एमालेको विरोध
९ मत हराउने बित्तिकै गणकहरुले भने – ‘लु, अब एमालेले विरोध गर्ने भयो’

शनिबार दशरथ रंगशालामा हुने भनिएको सलमान खानको कन्सर्ट स्थगित
सलमान आउने कुरा हुँदा धेरै खुशी भएका प्रेम आलेले भने – ‘हम बहुत दुख हुवा’

सबैलाई चाहिएको जेलेन्स्कीको ‘हरियो ज्याकेट’ युक्रेनको जितपछि मात्र स्टकमा आउने
त्यही ज्याकेट अरु रंगमा भने बिक्रि भइरहने !

अनुवादक राखेर वाइडेनसँग मोदीको हिन्दीमै संवाद
आगो ताप्नु मुढाको, कुरो सुन्नु बुढाको अनुवादकको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com