रक्सी र कम्युनिष्टको साईनो-सम्बन्ध !

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार ०८:२२

*भवानी बरालटुबोर्ग साईंला
हर्कपुर, धरान ।

नेपालको कम्युनिस्ट पार्टीहरुले रक्सी सेवनलाई कहिल्यै राम्रो दृष्टिकोणले हेरनन् । सम्भवतः कम्युनिस्ट पार्टीमा गैह्रमतवाली जातका नेताहरु भएकोले पुरै निषेध गरेको हुनसक्छ । कम्युनिस्ट कार्यकर्ताहरुले हिजोका दिनमा लुकेरै रक्सी सेवन गरे । रक्सी सेवन गरेवापत धेरूैले राजनीतिबाट हात धुए । आज त्यो भन्दा स्थिती फरक होला ।

भ्रष्टाचार, अनियमितता गरे कम्युनिस्ट पार्टीमा क्षम्य होला । तर, रक्सी सेवन क्षम्य हुन सक्तैन । आजपनि कुनकुन नेताले रक्सी पिउँछन समाचारमा आउँदैन । सम्भवतः लुकेरै सेवन गर्दा हुन । कम्युनिस्ट नेतामा कमल कोइरालामात्र यस्ता पात्र हुन सामाजिक सञ्जालमा सार्वजनिक गरेर रक्सी पिउँछन् ।

जनताको नासोमा अनियमितता भ्रष्टाचार गर्नु र रक्सी सेवन गर्नु एकै प्रकारको अपराध होइन । मानिसको रगत चुस्ने कर्म गर्नु भन्दा रक्सी सेवन गर्नु नै राम्रो हो । हरेश खानु भन्दा चरेश खानु राम्रो भने जस्तै । ठीक मात्रामा खाए यो ओखती हो । ज्यादा लिए पो हानिकारक हुन्छ । ओखती पनि ज्यादामात्र पर्दा विष बराबर हुन्छ ।

रक्सी परम्परागत ‘सेनेटाइजर’ हो भन्ने त कोभिड महामारीमा पुस्टी नै भैसकेको छ । युद्धमा सेनालाई उनीहरुको बहादुरीलाई सक्रिय र उत्तेजित बनाउन यसको प्रयोग अनिवार्य हुन्छ । यसर्थ भूराजनीतिमा पनि रक्सीको महत्वपूर्ण भूमिका छ । खेतीपाती लगाउने बेलामा रक्सी खाजाकै रुपमा अनिवार्य दिने चलन छ । खेतीपाती लगाउँदा र उठाउँदा यसको उपयोग गरिन्छ ।

रक्सी उत्पादन विक्रीवितरण गरेर हजारौं नेपाली महिलाहरुले गुजारा चलाएका छन् । पुँजीपतिहरुले रक्सी उद्योगबाट करोडौं कमाएका छन् । एउटा सानो देश र सानो जनसंख्या भएको मुलुकमा दर्जनौं लिकर्स उद्योग खुलेका छन् । तिनले दर्जनौं बहुराष्ट्रियन ब्राण्डका व्हिस्की, रम, वियर, वाइन लाखौं लिटर मात्रामा उत्पादन गर्छन । सोझै आयात हुने त छँदैछ ।

(Picture : Social Media)

*डिस्क्लेमर
गजुरीयल डटकम रियल कुराहरूको गजुरियल टिप्पणी हो । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुने छैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ । यहाँ अपलोड भएका तस्विर तथा अन्य सामाग्री विभिन्न अनलाईन तथा सामाजिक संजालबाट तानतुन गरिएका हुन्। सबैलाई धन्यबाद दिन्छौं । अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू अनाधिकारिक, अपुष्ट र काल्पनिक र मनोरन्जनात्मकमात्र हुन् । हाम्रा सामाग्रीले तपाईंको चित्त दुखेमा हाम्रोपनि पित्त दुख्नेछ । रमाइलो गराउन सक्यौं भने मात्र खुशी हुन्छौं । धन्यबाद !!

-सम्पादक

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com