‘राम कुमारी झाँक्रीको घर’ भारत, केन्या, उज्बेकिस्तान, मोरक्को, इरानमा पनि, आइसीसीद्वारा खोईन्द्र संग्रौलाको अध्यक्षतामा ‘ढाँटझुठ’ आयोग गठन !

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलवार ०७:५१

‘राम कुमारी झाँक्रीको घर’ नेपालमा मात्र हैन भारत, केन्या, उज्वेकिस्तान, मोरक्को, इरानमा पनि भेटिएको छ । हिजो सामाजिक सञ्जालमा एउटा घर भाईरल भएपछि यस बारेमा माई संसार डटकमले फ्याक्ट चेक थालेको थियो । डटकमका उमेश श्रेष्ठका अनसार, यो पुर्णत: मिथ्या सुचना हो ।

तस्विर : सोसल मिडिया

उनि लेख्छन- ‘यो घर भारतदेखी केन्या, उज्वेकिस्तान, मोरक्को, इरानबाट सञ्चालति वेबसाइटहरुमा पनि भेटियो । गुगल सर्च गर्ने क्रममा हामीले सामाजकि सञ्जालमा भाइरल भएकै हुबहु फोटो थुप्रै वेबसाइटहरुमा पनि भेट्यौं । बिभिन्न देशका हाउजिङ्ग कम्पनीहरुले यो फोटो आफ्नो प्रमोसनकालागी प्रयोग गरेको हुनसक्छ । तसर्थ यो घर मन्त्री झाँक्रीको भनी गरएिको दावी मिथ्या भएको देखिन्छ ।’

तर ‘नेपाल फेकन्युज प्रमोसन बोर्ड’ भने यो कुरा मान्न तयार छैन । बोर्डका नेपाल प्रतिनिधि सर जीम उट्पट्ध्याय भन्छन्- ‘बरिष्ठ विश्लेषक खईन्द्र संग्रौलाले समेत शेयर गरेको यो समाचार फेक हुनै सक्दैन । फेक भएपनि यसलाई सत्य सावित गरेरै छाड्नु हाम्रो कर्तब्य हो ।’


विश्वका आधाभन्दा बढि देशमा रामकुमारीको घर भेटिएपछि ‘ईन्टरनेशनल करप्सन कोर्ट’ले अन्तराष्ट्रिय ‘ढाँटझुठ’ कमिटी बनाउने भएको छ । साहित्यकार खईन्द्र संग्रौलाको अध्यक्षतामा गठित यस कमिटिले ७ दिनभित्र आफ्नो प्रतिवेदन दिनेछ । यदि यो समाचार सत्य भए रामकुमारी झांक्रीलाई अन्तराष्ट्रिय अदालतमा उभ्याईनेछ भने गलत भए खईन्द्र संग्रौला लगायतलाई अन सोसल अदालतमा खडा गरिनेछ ।

तर खईन्द्र संग्रौलाका फ्यानहरु स्वयं भने यो कुरा मान्न तयार छैनन् । उनीहरु भन्दैनन्- ‘उहाँजस्तो वरिष्ठ मान्छेले त्यस्तो अपुष्ट, अनाधिकारिक, भ्रामक र फेक समाचार शेयर गर्नै सक्नुहुन्न। बरु यो एकाउण्ट उहाँको हो कि हैन, त्योचाहिं फ्याक्ट चेक गर्नुपर्छ।’

(पुरा फ्याक्टचेक पढ़नाकालागी यहाँ ट्याक्क पार्नोस्)

*डिस्क्लेमर–
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !

:mrgreen:
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com