‘मिल्यो लेवल हजुरको पिताजीलाई निमन्त्रणा गर्नोस्- है !’

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार १०:१४

मन्त्री झाँक्रीसँग कांग्रेस सांसदको आक्रोश, मागिन् प्लेन भाडा
धन्न कांग्रेस सांसद परिछन्, अरु पार्टीको भएको भए प्राइभेट जेट माग्थे !

‘कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्’ : प्रधानमन्त्री देउवा
‘कांग्रेस भएको त मतलब नै भएन नि’ – पार्टी निकट हरिबहादुरहरु

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग
उडेर अमेरिका पुग्ने र फर्केर नेपाल आउने कुरो निश्चित !

जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल
लाग्यो तरकारी बोकाउन लाउनेहरुको ओइरो !

एप्पलले ‘अहिले किन्नुहोस्, पैसा पछि तिर्नुहोस्’ सेवा ल्याउँदै !
पुराना व्यापारीहरुले भने – ‘त्यो त किस्ताबन्दी हैन र ?’

स्वस्थ भएपछि गीत गाउँछु भन्दै रिह्याब सेन्टरमा फर्किए जी-बब
त्यसपछि गाउनेछन् ‘मिल्यो लेवल हजुरको पिताजीलाई निमन्त्रणा गर्नोस् है !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com