अर्थमन्त्रीको राजिनामा माग्दै प्रचण्ड, राजीनामाको अर्थ खोज्दै अर्थमन्त्री !

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलवार ०६:४४

कृषिमन्त्रीको दावी : ‘मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन’
मल ल्याउने प्रक्रिया अघि बढे पछि अब ल्याउने प्रयत्न गर्ने प्रयास !

‘प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक छ’ : शशांक कोइराला
शशांकको भुमिकाबारे देउबाको भने ठ्याक्कै उल्टो टिप्पणी !

‘नेपाल युक्रेनभन्दा संवेदनशील अवस्थामा रहेको छ’ : प्रदिप ज्ञवाली
युक्रेनभन्दा संवेदनशील अवस्थामा पुर्याउने रुसको खोजी हुँदै !

अवैध रुपमा कछुवा ओसारपसारमा संलग्न दुई जना पक्राउ
ओसारपसार गर्दा कछुवाकै गतिमा हिँडेपछि परे पक्राउ !

प्रचण्डले घरमै बोलाएर अर्थमन्त्री शर्मालाई हप्काउँदै भने – ‘तपाईँबाट गल्ती भयो, राजीनामा दिनू’
प्रचण्डले गरे सिधा कुरा, अर्थमन्त्री अर्थ खोज्दै !

*डिस्क्लेमर–
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com