एसपीपी, एमसीसी, बिआरआईको साईड इफेक्ट : राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र नेपाल’को सम्झना !

प्रकाशित मिति: २ असार २०७९, बिहीबार ०७:४३

विवाह गर्ने उमेर घटाउँदै नेपाल सरकार
नेपाल सरकार प्रेजेन्ट्स – बाल विवाह !

‘मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ’ : प्रधानमन्त्री देउवा
‘गर्नु परे धेरै समय लाग्दैन, हस्ताक्षर गर्ने वर्षौँ देखिको प्राक्टिस छ !’

समाचार संकलनमा मेयर साहले अवरोध गरेको भन्दै हिमालय टेलिभिजनको आपत्ति
हिमालय टेलिभिजनले भन्यो – ‘यो बन्चरे डाँडा होइन, अवरोध गर्न पाइँदैन’

श्रीलंकामा एक महिनामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
अर्थतन्त्रको समस्याका कारण श्रीलंकालाई पर्यटक पनि दान गरिने !

साढे चार क्विन्टलको मुसा !
सो मुसालाई मायाले हात्ती भनेर बोलाईने !

एसपीपीबारे बोल्यो सेना- ‘असंलग्न परराष्ट्र नीति बाहिर जाँदैनौं’
नेताहरुले पनि भन्नु पर्यो – ‘सेनालाई असंलग्न पराराष्ट्र नीतिभन्दा पर लान्दैनौं !’

राजा वीरेन्द्रको ‘शान्ति क्षेत्रको प्रस्ताव’ ब्युँताउन घनश्याम भुसालको माग
ओलीले भने- ‘एमाले रहेर होईन, राप्रपामा गएर माग्नोस !’

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : वासु क्षितिज, अन्नपुर्ण पोष्ट)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com