‘सुपर 6 सिस्टर्स’को भट्टराई धमाका : एउटै परिवारमा दुई दर्जन सरकारी हाकिम !

प्रकाशित मिति: २२ असार २०७९, बुधबार ११:२७

यस्तो संयोग त कमैको हुन्छ होला !

भक्तपुर, सिर्जनानगर बस्ने विदुर प्रसाद र गङ्गादेवी भट्टराईका ६ जना छोरी छोरी छन्- १. विष्णु, २. विन्दा, २. रमा, ३. रेनु, ५. अनु र ६. जुनु । गज्जबको कुरा के छ भने, उहाँहरु सबै सरकारी सेवामा हुनुहुन्छ । विष्णु प्रतिलिपी अधिकारमा रजिस्टार, विन्दा कृषि विभागमा उपसचिव, रमा श्रम सहचारी (कोरिया), रेनु कर अधिकृत, अनि अनु र  जुनुपनि अफिसर👍️ छोरीमात्र हैन, ज्वाईंहरुपनि सबै सरकारी जागिरे !  क्या उत्प्रेरक परिवार !! हैन त ?

उहाँहरु शुद्ध लोकसेवाको लडाई जितेर सेवा प्रवेश गर्नु भएको हो । ६ जना ‘भट्टराईज सिस्टर्स’हरुको सानो पारिवारिक ‘क्लब’ पनि रहेछ- ‘Super 6’ । यस क्लबले बेलाबेलामा पारिवार र सामाजम उत्प्रेरणाको काम पनि गर्दो रहेछ । 

यसै प्रसङ्गमा Super 6 ले हिजो आफ्नी जननी र जन्मदाताको ५० औँ विवाह उत्सव मनायो । हामीलाई पनि पारिवारिक मित्रको रुपमा सहभागी हुने सौभाग्य मिलेको थियो ।

‘छोरी छोरीमात्र पाई’ भनेर उबेला कति बचन खानु भयो होला ! वंशकाे बिंडाे थाम्ने छोरो भएन भनेर कतिपयले  कुरापनि काटे होला ! श्रीमान सरकारी जागिरे भएर घर बाहिर बस्दा छोरी हुर्काउन अप्ठेरो पनि भयो होला !

तर एउटी आमा जिम्मेवार बन्दा सन्तानको भाग्य र भविष्यमा कति फरक पर्दछ भन्ने कुरा तपाईंहरु हुनुहुन्छ ।

थुप्रै गाह्रा साह्राहरु बिचपनि ६ जना सन्तान (छोरी)लाई असल अविभावकत्व, सुन्दर संस्कार, सफल  शिक्षा दिनुभयो ।  राष्ट्र सेवकको रुपमा काविल बनाउनु भयो । तपाईंहरु दुवैजना धन्यवादका पात्र हुनुहुन्छ ।  आफ्नो भावको तहदेखी हामीलाई माया र  करुणा बर्साउनु हुने भट्टराई आमा गङ्गादेवी र बुबा विदुर प्रसादलाई हार्दिक नमन छ🙏सुस्वास्थ्य तथा दिर्घायु को कामना🌷

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com