सिसीटिभी अपडेट : देश अब सरकारले हैन कम्पनीले चलाउने, प्रधानमन्त्रीको साटो सिईयो, राष्ट्रपतिको साटो डाईरेक्टर

प्रकाशित मिति: २२ असार २०७९, बुधबार १३:३५

सर्बियामा गधाको दुधबाट बनाइन्छ संसारकै महंगो पनीर !
गधाको पसिनाबाट पानी निकाल्नेलाई अरबपति बनाइने !

जनकपुरमा आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँ
पकाउन खोज्दा नपाकेपछि आलु नभएको पुष्टि !

अर्की महिलालाई सपनामा देखेको भन्दै बोलिभियामा श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
ज्वरो आउँदा पानीपट्टी गरिदिएकोभन्दा सो घटना धेरै फरक रहेको विज्ञहरुको भनाई !

हिन्दु देवदेवीको तस्विर भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशमा एकजना पक्राउ
बेच्नेले भने – ‘बली चढाउन सजिलो हुन्छ भनेर मात्र त्यसो गरेको हो’

मासिक १० अर्ब घाटामा आयल निगम, हाकिमलाई २ करोडको गाडी किन्ने होड !
‘१० अर्बको अगाडि २ करोड कति नै हो र’ – खायल निगमका हाकिम

सिसिटिभी फुटेज गायब काण्ड : ठुला ब्यापारिक घरानाको पहुँच, प्रधानमन्त्री नै साझेदार !
बिचौलियाहरु नेपाललाई  ‘अल नेपाल कम्पनी’ बनाउने छलखेलमा ! 

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com