अश्लील ‘गाडी साहित्य’ हटाउँदै प्रहरी, भेलुबाजेले गरे स्वागत !

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार १२:०३

प्रचण्डले मागे माओवादी मन्त्रीले गरेका राम्रा कामको विवरण
विवरण तयार पार्न धेरै समय लाग्न पनि सक्ने, नलाग्न पनि सक्ने !

गाडीमा लेखिएका ‘अश्लील साहित्य’ हटाउन थाल्यो प्रहरीले
अश्लील ‘गाडी साहित्य’ हटाईने, भेलुबाजेलाई अभियानदुत !

सत्तारुढ दलकै सांसदको प्रश्न– गठबन्धन सरकार जनतालाई मलम लगाउन कि आत्महत्या गराउन बनेको ?
कि त्यो दुबै नभएर ओलीको विरोधमा बनेको !

‘फेरि जनार्दन शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ’ : माओवादी नेता
नबनेपनि बनाउन पाउनुपर्छ भन्ने नारासहित !

स्कटल्यान्डमा प्रेमिकाले भेट्न नमानेपछि प्रेमीले घरमा ट्रक लगेर जोतिदिए
प्रेमीले भने – ‘उनलाई सजिलो होस भनेर लिन आएको मात्र हो’

चन्द्रागिरिको केबलकार रोकिँदा अड्किए राष्ट्रिय सभाका अध्यक्ष
अध्यक्ष अड्किएका हुन् , अध्यक्षको अड्किएको हैन ।

अर्थमन्त्री शर्माको स्पष्टीकरण : सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ ?
तर सिसिटिभिलाई तिम्रो क्षमता थाहा भैहाल्यो क्यारे !

प्रधानमन्त्री देउवालाई नै तोकियो अर्थ मन्त्रालयको जिम्मेवारी !
मन्त्रालयको सिसिटिभि हटाईने, बजारबाट सिसी बोतल ल्याईने ।

आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँ 
बोराको एउटा नोट कुहियो भने सबै नोट कुहिन्छ कि नाई ?

नेपालीहरु वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर 
करोडौंको कुकरमात्र हो र ? अरबौको राईसपनि किनेरै खान्छ नेपाली । हेप्नी ?

फेरि हवाई भाडा बढ्यो, काठमाडौं- धनगढी एकतर्फि रु. १७ हजार 
१७ हजार मध्ये ५ हजारको जिम्मा म लिन्छु भन्याछन् प्रचण्डले ! 

नेपाल आयल निगमलाई निजीकरण लाने प्रयास : जोगाउन दौडधुप गर्दै कर्मचारी 
चारतिर दौड गर्नुभन्दा एकतिर धुप हाले भैगो नि, आर्जु आन्टीलाई ।

पन्जाबका मुख्यमन्त्री भागवन्त मानले विवाह गर्दै 
आफ्नि नयाँ दुलही अग्रिम शन्देश पठाउदै भने : न भ्रष्टाचार होणा दुङ्गा, ना तुसी होणे दुङ्गा ।

बेलायतमा राजनीतिक संकट : प्रधानमन्त्री जोनसन भन्छन्- राजीनामा दिन्न !
आईडिया कपिड फ्रम नेपाली नेताज ।

नासाले भन्यो- ‘चीन चन्द्रमा कब्जा गर्ने तयारी गर्दैछ ।’ 
‘सक्छौ भने तिमीहरु पनि  सुर्य कब्जा ।’ चिनको च्यालेन्ज 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com