श्रीलंकामा दन्कियो विद्रोहको आगो, वर्षायामभरी नेपालमा नसल्किनेमा शिर्ष नेताहरु आशावादी !

प्रकाशित मिति: २६ असार २०७९, आईतवार १९:०४

‘प्रचण्ड, केपी ओली र शेरबहादुरलाई बोलाएको छु, आए भने माटो दिएर पठाउँछु’ : हर्क साम्पाङ
त्यही माटोको बिस्कुट बनाएर आगामी चुनावमा जनतालाई बाँड्ने नेताहरुको योजना !

चौतर्फी आलोचनापछि गण्डकीका शिक्षामन्त्रीले गरे आफ्ना मातापिताको नाममा छुट्टाइएको बजेट नलिने घोषणा
घोषणापछि गरे चौतर्फी आलोचनाको आलोचना, भने – ‘एकजना मात्र भएर मेरो आलोचना एकतर्फी भएको हो’

श्रीलंकामा सल्किएको विद्रोहको ‘आगो’ आइपुग्न सक्छ नेपालसम्म !
आगोबारे वर्षा नरोकिएसम्म आगो नासल्कनेमा नेताहरु ढुक्क !

अमेरिकामा प्रेमीलाई मिर्गौला दिएकी प्रेमिकाले पाइन् धोका, शल्यक्रियाको १० महिनापछि ब्रेकअप
लगाइन मिर्गौला लगेको र मन दुखाएको आरोप !

चीनमा पाइन्छ आगोमा पनि नपग्लिने दुनियाँकै अनौठो आइसक्रिम
अनौठो मान्दै मान्छेले खोले मुख, मुखमा हालियो त्यही आइसक्रिम !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com