फेरी किन उठ्न छाड्यो काठमाण्डौको फोहोर ? विज्ञहरु भन्छन्- ‘आफैं उठ्दैन, कसैले उठाउनुपर्छ ।’

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहीबार १०:१९

‘कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण’ : एमाले महासचिव पोखरेल
एम अधिकारी पछि एम-सचिव पोखरेलको प्रवेश !

‘गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन’ : ओली
किनभने चाँदीको तरबार गठबन्धन काट्नचाहिँ आवश्यक पर्ला !

मानिसलाई देखेपछि बढ्छ अस्ट्रिचको यौनेच्छा, देखाउँछन् यस्तो अचम्मको व्यवहार
अस्ट्रिचले मानिसलाई देखेपछि यौनेच्छा बढ्नु नै अचम्मको व्यवहार रहेको !

महिनामा एउटा पिज्जा मात्र खाने सम्झौता गरेका भारतीय दम्पती
यस्तो सम्झौता भएपछि पालना गर्न सजिलो हुनेभएकाले गरिएको !

चीनले भुटान नजिक गाउँ बनाएपछि आत्तियो भारत
नेपालको सीमा नजिक शहर बनाउँदै भारत !

प्रचण्डले भने : ‘कांग्रेसको निर्णय सही छ, गठबन्धनमा यताउता हुन्न’
आरजुसँगको भेट पछि प्रचण्डले जनाए कांग्रेससँग सहमति !

‘हाँसेरै मन्त्रालय आएँ, हाँसेरै बिदा हुन्छु’ : मन्त्री चौधरी
चौधरीले जिस्काए रामकुमारी झाँक्रीलाई, झाँक्री क्रोधित !

विचार मिल्नेसँग गठबन्धन गर्ने तीन दलको निर्णय
प्रतिपक्षले गर्यो जबरजस्ती विचार मिलाएको आरोप !

अझै भेटिएनन् एमालेका एम अधिकारी, प्रभावशाली नेता भन्छन्– अब यो विषय ‘छाड्दिऊँ क्या’ !
प्रभावशाली नेता भएकाले उनको प्रभावले यो विषय “छोडिदिने” अनुमान !

सुतिरहेका बेला हामी आवाज चिन्दैनौँ, ८ वर्षको अध्ययनपछि खुलासा
एक रातको अध्ययनले भने सुतिरहेको बेला सुतिरहन मन लाग्ने बतायो !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com