अनुसन्धानको दाबी : बेलुकाको खानासँग दैनिक बियर पिउनु फाइदाजनक, बियर कम्पनीका लागि !

प्रकाशित मिति: ७ श्रावण २०७९, शनिबार १०:३६

‘आउँदो चुनावबाट देशको नेतृत्व माओवादीले लिन्छ’ : प्रचण्ड
जनताले भोट दिएर कि गठबन्धनले साथ दिएर – प्रष्ट नभएको !

‘कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन खोजेका छन्’ : रामचन्द्र पौडेल
रिपोर्टका अनुसार कम्युनिस्टहरु काममा लागेको पाइयो !

‘चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताको उमेर हद घटायो’: ओली
दिए वृद्ध भन्नुपर्नेको पनि उमेर हद घटाउने सुझाव !

फेसबुकमा फेक अकाउन्ट बनाई पीडितका साथीहरुसँग पैसा माग्ने एक जना समातिए
पैसा माग्दा ‘प्लिज’ भनेपछि परे पक्राउ, साथीहरुले भने – ‘दोस्तीमा ‘प्लिज’ भन्नुपर्दैन’

चीनले बनायो दुश्मनले पत्ता लगाउनै नसक्ने पनडुब्बी, अमेरिका सतर्क
अमेरिकाले भन्यो – ‘पनडुब्बी बनेको पत्ता लागेपछि चीनको दुश्मनले हामीलाई सतर्क हुन भनेको हो’

अनुसन्धानमा दाबी : बेलुकाको खानासँग दैनिक बियर पिउनु फाइदाजनक !
‘बेलुकाको खानासँग दैनिक बियर पिउनु फाइदाजनक, बियर कम्पनीका लागि !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com