फोहोरको दुर्गन्ध : महानगर, प्रदेश, केन्द्रहुँदै दिल्लीदेखि बेईजिंगसम्म !

प्रकाशित मिति: २ भाद्र २०७९, बिहीबार १०:०२

-सरोज घिमिरे ‘कर्कटकस्यप’
(सिस्नुपानी नेपाल)

‘प्रधानमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘यो संघीय सरकारको काम होइन ।’

‘मुख्यमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘यो प्रदेश सरकारको काम होइन ?’

‘मेयरज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘यो महानगरको काम होइन ।’

‘वडाध्यक्षज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘हामीले त हटाउन खोजेकै हौँ ।’

‘तर, फोहोरमा धेरै राजनीति पस्यो ।’
‘फोहोर समस्या हैन, समस्या राजनीति हो ।’

‘राजनीतिज्ञज्यू ! कति दिन राखेपछि, फोहोर पनि राजनीति जस्तै मिठो बास्ना आउँछ ?’
‘यो कुरा फोहोर गर्ने जनतालाई सोध्नुपर्छ ।’

‘जनताज्यू ! कहिलेबाट यो फोहोर हट्छ ?’
‘फोहोर हटाउँछु भनेर चुनाव जित्ने नेतालाई सोध्नुपर्छ ।’

बल्ल थाहा भो ! हाम्रो फोहोर हाम्रो समस्या हैन ।

जोए बाएडेन्ज्यू !

नरेन्द्र मोदीज्यू !

सि जिङ पिनज्यू !

हाम्रो फोहोर कहिले हट्छ ?

जहाँ फोहोरभन्दा बढी

फोहोरका सरोकारवाला अधिकारी गनाउँछन् ।

त्यहाँ फोहोरको गन्ध आफैँ मन्द हुन्छ ।

फोहोर हटाएपछि

चुनावी नारा बन्द हुन्छ ।

त्यहाँ फोहोर किन हटाउनू ???

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com