‘आलम उम्मेदवारी’को चर्चा : ईटाभट्टाको आगोले भस्म पार्ने !

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार २०:३६

बालेनलाई पछ्याउँदै पोखराका मेयर
बालेनलाई पछ्याउँदा काठमाण्डौ पुगिन्छ, तपाईं आवस्यकाता पोखरामै छ मेयर सा’प !

काठमाडौं महानगरमा ‘लार्भा खोज र नष्ट गर’ अभियान
ज्यान जोगाउन लार्भाहरु अन्य नगरपालिकातिर भाग्दै !

नाम राख्न नसकेकोमा रोष्टमबाटै कांग्रेसले माग्यो माफी
भन्यो- ‘सधैं यसरी माफी माग्न पाई रहुँ !’

दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन सरकारले गर्‍यो सम्झौता
‘चाँडै दिमाग कोट्याउने सिन्कापनि बनाउछौँ ।’ -राष्ट्रिय आविस्कार केन्द्र

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा
नेपालका स्वास्थ्य मन्त्रीले भने- पश्चिमाको नैतिक दबाब अमान्य छ ।’

सुन्दरी युट्युबरको जालमा फसे हजारौँ फ्यान, ६ अर्ब लिएर फरार
‘हामी फ्यान रहेनौँ, माछा बन्यौँ !’ -फ्यानहरु

अफताव आलमलाई उम्मेदवार बनाउने कुराको सर्वत्र बिरोध
‘आलम उम्मेदवारी’को चर्चा : ईटाभट्टाको आगोले भस्म पार्ने !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com