आज कागे अष्टमी : मान्छेले के के सिक्ने कागबाट ?

प्रकाशित मिति: १९ भाद्र २०७९, आईतवार १३:४२

भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै
आज नेपाल आउँदै, भोली फर्कदै, भरे…थाहा छैन

गगन थापाको अनुभव : ‘निर्वाचन आएपछि हारिएला भन्ने डर हुन्छ’
मैले था’पाको अनुभव : ‘एक पटक जितेपछि सधैं जित्ने रहर हुन्छ !’

उत्तरपुस्तिकामा मोबाइल नम्बर र नाम लेख्ने २१ परीक्षार्थीलाई कारबाही
फोन नं. कति रहेछ ? नाम त पत्ता लागिहाल्छ !

‘सरकारको होसियारीले देश श्रीलंका हुनबाट जोगियो’ : अर्थमन्त्री शर्मा
भारत हुने संभावना कायमै !

बेलायतलाई उछिनेर भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र
उत्तर प्रदेशमा गरिबको संख्या बढेको बढ्यै !

कांग्रेसमा बढ्दो आरजु राणा मोह, बाँके बर्दियादेखि वाग्लुङसम्म उम्मेदवारका लागि सिफारिस
भोट केसमा ?

आज कागे अष्टमी पर्व मनाइँदै
आफुभन्दा बाठो नहुन मान्छेलाई सुझाव !

नक्कली नोट बनाउने कागजको बन्डलसहित एक जना पक्राउ
नक्कली नोट बनाउन लागेको हैन, नोटको फोटोकपी गर्न लागेको रे !

‘एमालेसँग एक्लै भिड्ने आँट कुनै पार्टीसँग छैन’- उपाध्यक्ष पौडेल
आफु आफु भिडिरहेको ठाउँमा अर्को किन आउँछ त !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com