३०० बढाएर ५० छुट : ब्यापारीको सरकार हो कि सरकार नै ब्यापारी हो !

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार १२:०५

‘रञ्जनको कैद घटाएकै कारण महाअभियोग लागे पछुतो मान्दिनँ’ – पुर्व प्रधानन्यायाधीश चोलेन्द्र
त्यो त मान्छेले हैन, भगवानले नै लाउनुहोला नि श्रीमान !

पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भन्दा समातिएका सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति
लाईनमा बस्नु भनेर अनुरोध गर्दा ५ दिन थुनामा, लाईनमै राखेका भए कति दिन ?!

वर्ष दिनमा ३०० मूल्य बढाएर दशैंमा ५० रुपैयाँ छुट
सबै छुट दिंदा कर्मचारीलाई बोसन र हाकिमलाई बडा बोनस कसले दिन्छ हजुर !

सात क्यासिनोलाई काठमाडौं महानगरको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही
क्यासिनो मालिकको प्रेसर बढ्यो

एउटै अस्पताल दुई पटक शिलान्यास
ठिक छ, अरु २/४ पटक सिलन्यास गरौं । उद्घाटन गर्ने अवस्था नआओस् !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com