भिसा ‘फिनिस’ गरेर फर्किँदै हुनुहुन्छ ? के गर्नुहुन्छ त्यत्रो पैसा ?’ यसो गर्नोस्…

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलवार १६:५०

– लेक योञ्जन तामाङ

दुवई एअरपोर्ट, नेपाल फर्कँदै

दुबईमा लामो समयको जागीरे जीवनबाट आधिकारिक सेवा निवृत्ती पाएपछि स्वदेश फर्किँदैछु। यतिबेला मलाई मेरो परिवार, साथीभाइ, आफन्तजन, शुभेच्छुक, अग्रज, परिचित, अपरिचित सबैले सबैभन्दा बढिबप्रश्न र सुझाव निम्न प्रकारका छन् :-

१) नेपाल गएर के गर्नु हुन्छ ?

२) त्यत्रो वर्ष कमाएको कता राख्ने ?

३) अब राजनितीमा लाग्नोस् ।

४) फलानाको जस्तो यस्तो/उस्तो व्यापार व्यवसाय गर्नोस् ।
५) घर जग्गा जमिन कता कता/कति वटा जोड्नु भयो?

६) छोराछोरी कता कता छन ?

७) धन सम्पत्ति टन्न कमाइ सक्यो अब त सुतिसुति आराम गर्नोस् ।

८) यतिउति कुरा गर्यो अन्तिममा त…१० थरी समस्या देखाएर सापटी माग्ने !!

यी यस्ता प्रश्नहरुले मेरो दिनहुँ मेरो गिदेव खाईरहेका छन् ।

…तर कसैले सोच्दैनन् खाडीको त्यो ज्वालामुखीजस्तो उच्च तापक्रममा त्यत्रो वर्ष पसिना बेच्ने एक श्रमिकको भोगाईको दर्दनाक कथा । कोही सोध्दैनन् – मेरो अन्योलपुर्ण भविस्यको अन्योलपुर्ण ब्यथा !

उहाँहरुलाई मेरो जवाफ :
‘काठको बाकसमा फर्किनु परेन । शरीरको कुनै अंग भंग गुमाएर फर्किनु परेन । आफ्नो घरपरिवार, जात, गाउँ समाज, धर्म, देशको इज्जत कसैलाई नबेचिकन फर्किएँ । स्वस्थ शरीर लिएर आएको छु । कुनै गलत र अबैध कार्य नगरी इमानदारीकासाथ फर्किनु पाएँ । अनि, तपाईंहरु सबैसँग भेट्न पाउने भएँ । म यसैमा गर्व गर्छु । र, खुशी पनि यसैमा छ ।

धन्यवाद 🙏

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com