श्रमिकलाई चिट्ठा पर्यो, उम्मेदवारहरु दङ्ग !

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहीबार ११:११

दुबईमा ३ करोडको चिट्ठा पर्यो नेपालीलाई
व्यापारीसँग चन्दा नमाग्ने उम्मेदवारको घोषणा !

मधेशमा किन चल्दैछ एमाले पस्ने लहर ?
प्रचण्डले भने – ‘त्यही भनेको, मधेश आन्दोलनको अगुवा त माओबादी पो हुनुपर्ने त’

‘सरकारले डेंगी नियन्त्रणका लागि केही गरेन’ : गगन थापा
डेंगी नियन्त्रणबारे पुर्व स्वास्थ्य मन्त्री गगन थापाले आवाज उठाए (आफुलाई लागेपछि) !

टिकटकमा बढ्न थाल्यो पाइरेसी
फोनको सानो स्क्रिनमा भाग लाएको फिल्म हेर्न चाहन्छन् भने हेर्न दिनुपर्छ !

भारतमा चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिएका अनुपको भाग्य चम्कियो, २५ करोड जिते
सो समाचारपछि भारतमा खुत्रुके फुटाउने घटनाको वृद्धि !

जबरा आज अदालत नजाने मुडमा, सरकारले सुरक्षाकर्मी र गाडी नै खोसिदियो
मुड आयो भने कसरी जाने भन्नेबारे जबरा निवासमा तनाव !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com