दशैँ शुभकामनाको गञ्जागोल प्रश्नोत्तर !

प्रकाशित मिति: १५ आश्विन २०७९, शनिबार १७:२३

सम्प्रस पौडेल, हेटौंडा

संप्रस पाैडेल, हेटाैँडा

-सम्प्रस पौडेल, हेटौंडा ।

शुभकामना छ है भनेर केही अडियो, भिडियो, फोटो सामाजिक सञ्जालमा आए । सबै फुर्सदी । तुरून्तै केही प्रतिकृया प्राप्त भ‌ए । ती यस्ता छन्-

प्रश्न: शुभकामना भन्ने चिजका लागि भिडियो, अडियो, फोटो नभै हुन्न ? फोटोसप, इलुस्ट्रेटरबाटै डिजाइन गर्न पर्छ ?
उत्तर: छोरा नभ‌ए मीत छोरा भनेजस्तो । सके भिडियो, नसके अडियो, नसके फोटो, त्यो पनि नसके अक्षर, त्यो पनि नसके भेटमा, सम्भव नभ‌ए अफिसको गेटमा, अझै सम्भव नभ‌ए खोलामा बगाइदिनु । हामी त यसरी दिने हो- ….ब्ला ब्ला ब्ला …. शुभकामना ।

प्रश्न: पहिले पहिले पोस्टकार्डमा शुभकामना दिने चलन थियो त ?
उत्तर: अग्रगामी छलाङ मार्नेबेलामा किन पछि हट्ने ? फेरि त्यो पोस्टकार्डमा माधुरी, हृतिक, राजेश हमाल अब प्रौढ भ‌इसके ।

प्रश्न: शुभकामना दिन पनि च्या पान कार्यक्रम गर्न पर्छ ? भड्किलो भ‌एन ? पार्टी प्यालेसमै दिनुपर्छ ?
उत्तर: भित्र सस्तो सस्ति च्या पार्टी, बाहिर जस्तो जस्तो स्या पार्टी ।

प्रश्न: अहिले डेङ्गीले आक्रान्त पारेका बेला केको शुभकामना ?
उत्तर: उसो भ‌ए डेङ्गीबाट चाँडै उन्मुक्त हुनुहोस्, शुभकामना । तर सँगसँगै दशैँको पनि शुभकामना छ है । (सुस्तरी- डेङ्गी त फेरि फेरि आइराख्ला, दशैँ वर्षमा एकचोटी आउँछ ।)

प्रश्न: कोही कोही किरियामा होलान् ? तपाईँको दशैँको शुभकामना उसले किन लेओस् ?
उत्तर: उसले नलेओस्, जताबाट आयो, उतै फर्काइदेओस् ।

प्रश्न: स्कूलले दशैँको टिकाको दिन नै न‌आई जमरा लगाएर टिका लाइदिन हुन्छ ? के नैतिकता हो ?
उत्तर: जमरा राख्नलाई घटस्थापना कुरेको थियो र ?

प्रश्न: शुभकामना भन्ने चिज फेसबुकका वालमा लेख्ने हो ? कोही दशैँ नमनाउने पनि होलान् ।
उत्तर: उनीहरूलाई विदाको शुभकामना भन्ने ।

प्रश्न: मेसेञ्जरमा सुटुक्क पठाए हुन्न ? बडो जान्ने हुनुपर्ने । मेरै त यसपाला टिको छैन ।
उत्तर: अर्को सालका लागि स्टक राख्नोस् । नयाँ नोट पनि सबै अहिले सालका होइनन् क्यारे ? ४/५ साल पहिले मितिका छन् ।

प्रश्न: शुभकामना मेसेञ्जरमा धकेलेर हुन्छ ? उसले हेरेन भने नि ! बरू भेटेरै दिनुपर्छ ।
उत्तर: त्यसो भनेर हुन्छ ? दशैँ‌अघि भेट भ‌एन भने नि ?
उत्तर: स्टक हजुर स्टक ।

प्रश्न: तास खेलेको फोटोमा के प्रतिकृया छ ?
उत्तर: ससुराली, मामाघर नग‌ई तास खेल्न हुन्छ ? तास भनेको दक्षिणाले खेल्ने हो ।

प्रश्न: मान्छेहरू मासुको थरिथरिका परिकार देखाउँछन् अनलाइनमा । केही प्रतिकृया ?
उत्तर: संसारमा कपडा किन्न नसक्ने पनि छन् । विनोद चौधरी नाङ्गै हिँडुन् ?

प्रश्न: शाकाहारी…..

उत्तर: (प्रश्न नसकिँदै) भो यसबारे नभनौँ गाली खाइन्छ, बरू सागपात खानु राम्रो ।)

प्रश्न: दशैँ हिन्दुहरूको महान चाड… नेपालीहरूको महान चाड….
उत्तर: (फेरि बीचमा रोक्दै) जात, धर्मबारे नलेख्ने, नबोल्ने । हसाउछु भन्दा अरूलाई झैँ पक्रियो भने त दशैँ जान्छ यार ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com