साईकल छैन देवरको खप्परमा, भाउजु उड्छिन् हेलिकप्टरमा !

प्रकाशित मिति: २० कार्तिक २०७९, आईतवार ०८:२९

साईकल छैन जय नेपाल,
देवरको खप्परमा
भाउजु उड्छिन् जय नेपाल
हेलि है कप्टरमा !

(Photo : Social Media)

हाम्री भाउजु जय नेपाल
साह्रै नै जाती छिन्,
फ्रि भिषा भन्दै जय नेपाल
मतदाता ढाँटिछिन् !

नोट नदिए जय नेपाल
टाउको ठोक्छिन् रे,
भोट नदिए जय नेपाल
बजेट नै रोक्छिन रे !

डडेलधुरे जय नेपाल 
जनतालाई घरबार,
खुलजा सिमसिम जय नेपाल
बालुवाटार दरबार !

हिमाल चुचुरी,
दाई मन कान्छा कति निष्ठुरी !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com