जुत्ताको माला !

प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलवार १९:३१

जुत्ताको माला ! -संप्रस पौडेल, हेटौंडा

एउटा मान्छे सँधै सँधै
जुत्ता खाइरहेको सपना देख्थ्यो ।

यस्ता सपना नदेख्नका लागि
कैयन रात अनिदो रहिरह्यो ऊ ।

(PIC: SOCIAL MEDIA)

बिहान पख झपक्क निदाउँथ्यो
फेरि उही सपना ।

किसान बन्यो-सपना फेरिएन
शिक्षक बन्यो-सपना फेरिएन
निजामती बन्यो-सपना फेरिएन
जागिर छोड्यो-सपनाले छोडेन
विदेश गयो-सपना पनि सँगै गयो
फर्केर आयो र राजनीति गर्‍यो
आफैंले आफैंलाई मार्न खोज्यो-सपना मर्नै चाहेन
आन्दोलन मच्चायो-सपना झन् झन् मच्चिरह्यो
अरूलाई सहीद बनायो-सपना सहीद बनेन ।

स-सम्मान जेल पर्‍यो-सपना सँगसँगै गयो
‘स्वच्छ छवि’ का कारण चाँडैं नै छुट्यो ।

ज्योतिषकोमा लम्पसार परेर भाग्य जचायो
ज्योतिषले भने- सपना साकार भयो
भर्खरै सरकारी जागिर छोडेर उसको पिए बनेको
छद्मप्रसादले सम्झायो- एकाउन्न किलोको माला
जसलाई मर्ने र मारिनेका परिवारले,
भोट हाल्ने र उसका परिवारले,
दशकौंदेखि बेरोजगार रहेका युवाहरूले,
योजनाविना पढिरहेका विद्यार्थीहरूले,
रोग भोक पालिरहेका वृद्धहरूले,
जुत्ताको माला मानिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com