कानलाई हाईसञ्चाे, राती १२ बजेपछि !

प्रकाशित मिति: १ मंसिर २०७९, बिहीबार १२:४०

-अच्युत घिमिरेबुलबुल‘ भोलिदेखि हाइसञ्चो हुन्छ । कानको जाली नै फुट्ने गरी ढ्वाङ्ग बजेको पनि सुन्नु पर्दैन । जित्नु अघि नै मुख फुलाएर अबिर र माला लगाउँदै हिँडेको पनि हेर्नुपर्दैन ।

अचेल जन्ती, मलामी त साइलेन्ट तरिकाले सामाजिक सञ्जालबाटै बोलाउन सकिन्छ भने भोटै हाल्न चिच्याउँदै हिंड्नु पर्थ्यो र ? १९९० सालमा कटवाल फुकेको जस्तो !!

माध्यम नयाँ नयाँ आइसक्यो, विचार उहीँ ९० सालमै अड्केको !! सबका चुरीफुरी अब ७-१० दिनमा सकिन्छन् – दुधको दुध, पानीको पानी हुन्छ ! असलहरूले मात्रै जितून् !! विजय जुलुश हेर्दा पनि गर्व लागोस् !!!

अब जित्नेहरू सबैलाई भगवान पशुपतिनाथले सद्बुध्दि दिऊन् !!!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com