१५० किलोको मालाले थिचेर समर्थक घाईते, विजयी उम्मेदवारले भने-‘नो नट अगेन !’

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार १२:१४

(Photo : Social Media)

विजयी उम्मेदवारलाई बधाई दिन पुगेका एक ब्यक्ति . मालाले थिचेर बेहोस भएकाछन् । बेहोस हुनेमा मालामाल पार्टीका अध्यक्ष चाप्लुस सिंह भएको बताईन्छ । घुमफिरनगर ४ निवासी उनको स्थानीय अस्पतालमा मर्मत संभार भईरहेकोे छ ।

श्रोतका अनुसार, नवजवान पार्टीबाट विजयी जवानसिंह नेपालीलाई बधाई दिन चाप्लुस सिंह १५० किलोको माला सहित जवानसिंहको घरमा पुगेका थिए । तर, जवानसिंहले त्यो मालाको भारी बोक्न अस्वीकार गरे ।

पहिलो पटक बिजयी भएका जवानसिंहले चाप्लुस सिंहलाई भने, ‘सम्मानकालागि धन्यवाद तर यो भारी मैलेभन्दा तपाईंले नै बोक्न सक्नुहुन्छ ।’ त्यसपछि जवानसिंले चाप्लुस सिंहलाई नै उक्त माला लगाईदिए । फलस्वरुप १५० किलोको मालाले थिचिएर चाप्लुस भुईंमा ढल्न पुगे ।

यो घटनापछि स्थानीय प्रसासनले मालाको भारी बोक्न, खादाको खात लाउन तथा अबिरको पहिरोले बिजेतालाई पुर्न प्रतिबन्ध गरेको छ । त्यसैगरी सचेत समाज नेपालले पनि बिजेताहरुलाई एउटा खादा, एउटा माला र एक चिम्टी अबिरमा चित्त बुझाउन आदेश दिएको छ ।

यस अघि यस्तै मालाको भारी बोक्ने दर्जनौं नेताहरुमा घांटीको क्यान्सर भएको थियो । केहीलाई स्पाईनर ईन्जुरीको समस्या आएको बताईन्छ । मालामा पुरिएर घर पुगेका केहीलाई त परिवारले घर निकाला पनि गरेको बताईन्छ ।  *डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com