चोलेन्द्रको निलम्बन फुकुवा गर्ने संसदका महासचिव भन्छन्- ‘मलाई लागेअनुसार गरेको हुँ तर लोभ लागेको हो कि रोग लागेको हो, थाहा भएन !’

प्रकाशित मिति: २४ मंसिर २०७९, शनिबार १४:२९

काठमाण्डौबाट दिल्ली उड्न लागेको एयर ईन्डियाको जहाजको टायर पन्चर
दुतावासले भन्यो- ‘पाकिस्तानी लन्चरले पन्चर बनाएको हुनसक्छ !’

ट्वीटरको मुख्यालयमा अब सुत्ने कोठा !
ट्वीटर अब ‘सुतिटर’ बन्ने !!

चोलेन्द्रको निलम्बन फुकुवा किन ? संसदका महासचिव भन्छन्– ‘मलाई ‘लागेअनुसार’ गरें’
लागे अनुसार ? रोग कि लोभ ?!

चलचित्र विकास बोर्डले भन्यो- ‘हलमा विश्वकप फुटबल नदेखाउनू’
हलवालाले भने- ‘फिल्म हेर्न त मान्छे पस्नै छोडे !’

‘म प्रधानमन्त्री बन्छु भन्दा सहानुभूति नराख्ने मान्छे नेपालमा को होला !’: रामचन्द्र पौडेल
एक पटक जनतालाई सिधै सोध्ने कि !?

बाबुरामको समाजवादी पार्टीमा निर्वाचनको समीक्षा 
भोट नआएको कारण हार्नु परेको निष्कर्ष !

फरार अभियुक्त पनि ‘सांसद’ : शपथ लिन आए पक्रिने प्रहरीको तयारी 
प्रहरीले पक्रिए तुरुन्तै छुटाउने नेतृत्वको तयारी !

जबराको गुनासो : ‘म हाजिर गरेर बिदामा बस्ने तयारीमा थिएँ, किन यति विघ्न रडाको ?’
गीतामा भनिएको छैन- ‘कर्मको फल न्यायाधीशले चाहीँ भोग्नु पर्दैन !’

माओवादी युवा नेताहरूले खोज्न थाले पार्टीका कमीकमजोरी 
कमीकमजोरीले भन्यो- ‘हामी खोजेर भेटिनेवाला हैनौ, गोदेर भेट’ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com