कला क्षेत्रमा ‘डिप्रेशन’ बढ्नुका २० कारणहरु!

प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार १४:०२

-सुवास रेग्मी, स्याङ्जा

१) एऊटा गीत निकाल्ने बित्तिकै करोडपति हुन नसक्नु ।
२) अवार्ड,सम्मान प्राप्त नहुनु र अमेरिका/अस्ट्रेलियाको भिषा नलाग्नु ।
३) प्रधानमन्त्री/मन्त्री हरूले ओई कलाकार जी भनेर फोन नगर्नु ।
४) आफ्नै युट्युब चेनलमा करोडौँ करोड भिऊज नजानु ।
५) महोत्सव र कार्यक्रम बाट निम्तो नआउनु ।
६) ऋण खोजेर भिडियो बनाउनु ।
७) डिभोर्स हुनु, पर सम्वन्ध मा धोखा पाउनु ।
८) मन नपरेको मान्छे लाई खुशी देख्नु ।
९) आफु भन्दा अर्को को अस्थित्व स्विकार्न नसक्नु ।
१०) अहंकार मौलाऊनु र गुटबन्दी चल्नु ।
११) गाउँ को हलो फालेर आऊने बित्तिकै काठमाडौं मा घर नबन्नु ।
१२) अधिकार स्पष्ट नभयको राज्य को निति/कानुन हुनु ।
१३) उधारो रौसि खानु र गाजा सेबन गर्नु ।
१४) जति गीत निकाले पनि नचल्नु ।
१५) समाजबाट साथ,सपोर्ट र हौसला नपाउनु ।
१६) संगीत लाई कमाउने पेशा का रूपमा अंगाल्नु ।
१७) श्रृजना/श्रजक/श्रस्टा र साहित्य को परिभाषा नबुझ्नु ।
१८) गायकहरू प्रस्तोता हुनु र साधक हरू श्रस्टा नहुनु ।
१९) बिदेशी संगीत को बाहुल्यता हुनु । पारिश्रमिक को ग्यारेन्टी नहुनु
२०) संगीत रोयल्टी को स्तरीय ब्यबस्थापन हुन नसक्नु ।

नोट:- डिप्रेशन भय चन्दा उठाएर औषधि खाम्, मर्न नहिडम्🙏

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com