उहिले पृथ्वीबाले नेपाल एकिकरण नगरेका भए अहिले को के गर्दै हुन्थे होला ? पढ्नोस्, हड्डी हँसाउने हास्यब्यङ्ग्य !

प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार १३:१६

-सुवास रेग्मी

श्री ५ पृथ्वी नारायण शाहले दु:ख गरेर, आफै लडाईंमा खटेर एकीकरण गरि नेपाल भन्ने देश नजोगाईदिएको भय को कहाँ हुन्थे होला ? पढ्नोस्, रेग्मीज् राेष्ट:-

१) बाबुराम भट्टराई जेएनयुमा झाडु लगाइरहेका हुन्थे !😄

२) हाम्रो शेर बहादुर दाई डडेल्धुरामा तुइन चढेर महाकाली तर्दै गर्दा भारतिय सेनाले तुइन काटिदिएर नदिमा खसेर सिल्टिमुर खाई सक्नु हुन्थ्यो वा महाकालीको बगरमा देउडा नाच्दै बसिरहनु हुन्थ्यो वा भारतिय सेनाले लात हानेपछी सिंगान चुहाउँदै घर तिर दुकुर्नुथ्यो !😄

३) प्रचन्ड चाहिँ दिल्लिको चाँदनी चोक तिर डमरु बजाउँदै सर्कस देखाएर पेट पालिरहेका हुन्थे 😄

४) ओलि बा चाहिँ विहारको मोतिहारी तिर चोंसो मुख बनाउँदै चुटका सुनाएर विहारिहरु लाई पाद खुस्कने गरि हँसाइरहेका हुन्थे ! 😄

५) झलनाथ खनाल चाहिँ पटनाको गल्लिमा बिन बजाउँदै सर्प नचाई रहेका हुन्थे !😄

६) माकुने चाहिँ चम्पारण तिर हजाम पसल चलाईरहेका हुन्थे, किम जोङ्ग कट शैलिको कपाल काट्न महारथ हाँसिल गर्थे होलान ! 😄

७) रामचन्द्र बाजे चाहिँ काँशी तिर टुप्पि ठड्याँउदै दुना-टपरी , दान र दक्षिणा बटुलिरहेका हुन्थे !😄

८) आङ्गकाजी चाहिँ सोलु तिर भारतियको लात खाँदै चौंरी र भेडाहरु चराइरहेको हुन्थ्यो ! 😄😄

९) गगन , विश्वप्रकाश योगेशहरु चाहिँ दार्जिलिङ्ग तिर हाम्रो भाषा बोल्न पाउँ,हामिले पनि सरकारी नोकरी पाउँ भन्दै सडकमा टायर बाल्दै आन्दोलन गरिरहेका हुन्थे र ममता बनर्जिको गोलि र लात खाईरहेका हुन्थे !😄

१०) म चै कि अमेरिकी नत्र बेलायती संसदमा सभामुख भै सक्थेँ !😄

(नोट:- समग्रमा ९ नं का ले पृथ्वीनारायण शाहको कारण भारतियको तातो गोलि,खैरे दाईको लात र ममताको लाठी खाने अवशर पाएनन र यहाँ पृथ्वीनारायण शाहलाई धिक्कार्दैछन । )😄😄

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com