प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल नियुक्त !

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार १६:५५

बर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’को प्रमुख सल्लाहकारमा सिन्धुलीका हरिबोल गजुरेल नियुक्त हुनुभएको छ । सल्लाहकार हरिबोल गजुरेल र कलाकार मनोज काका-भतिज पर्छन् । मनोजका बुबाका हजुरबुवाका जिजुबुवाका च्याब्जु हजुरबा र हरिबोल गजुरेलका जिजुबुवाका परजिजुबुवाका उपरजिजुवा साख्सै दाजुभाइ हुन् ।

संख्याको हिसाबले अल्पसंख्यक ‘गजुरेल’हरु प्रधानमंत्रीको सल्लाहकारका रुपमा भने बहुसंख्यक मानिन्छन् । यसअघि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नुवाकोटमा किरण गजुरेललाई ‘भाषण तथा संबोधन’ बिज्ञका नियुक्ती गर्नुभएको थियो ।

यसै प्रसंगमा, गजुरीयल डटकमका सम्पादक मनोज गजुरेलले आफ्नै मनलाई सोधेका थिए- ‘ओए मनोज, तेरो पनि पालो आउन लागेको हो ?’ मनोजको मनले भन्यो- ‘गज्जु Bro ! भावी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सेन्स एण्ड ह्युमर विज्ञ’को रुपमा नियुक्ती गर्ने संभावना नकार्न सकिन्न है !’

(Pic : Social Media)

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com