सोसल मिडियाबारे को के भन्थे ? भाग २

प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार २१:०७

फ्रेण्ड न पुछोे साधु कि पुछ लिजिय ज्ञान,
बिदा करो लाईभका शान्ती से करो ध्यान ।’  
-सन्त कवीर

‘टिकटकमा फिल्टर’को प्रयोगले विश्वबाट रङ्गभेदको उन्मुलन हुँदैछ ।’

-नेल्सन मण्डेला

‘सम्भोगकालागि समागम नै जरुरी छैन, भर्चुअल सेक्सपनि सम्भव छ ।’

-ओशो रजनिश

‘हरेक एकाउन्ट होल्डर साईबर सेना हो ।’ -कमरेड लेनिन

सत्ताको जन्म साईबर सेनाको आमा चकारी गाली नालबाट हुन्छ ।’

-माओत्सेतुङ्ग

‘यो जीवन सोसल मिडियाकालागि हैन, सोसल मिडिया जीवनकालागि हुनुपर्छ ।’

-क. मदन भण्डारी

‘स्त्री, पुरुष वा पशु कसैलाई मेकअपको आवस्यकता पर्दैन, टिकटकले सबैलाई ‘फिल्टर’ सुविधा दिएको छ ।’

-मनुश्मृति

‘फलोअरका कारण कोही ठुलो हुँदैन, कन्टेन्टले उसलाई पुजनीय बनाउंँछ ।’

-चाणक्य

‘यदी सोसल मिडिया थिएन भने मुख छाड्न नपाएर मान्छे विक्षिप्त भैसक्थ्यो ।’

-सन्तनेता कृष्ण प्रसाद भट्टराई

‘टिकटकका साथी न जन्ती न मलामी, फेसबुकको माया फेस टु फेसमा खरानी ।’

-योगी मनोजानन्द सरस्वती

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com