गमलामा रोपाईंको बैज्ञानिक महत्व

dddकृषिमन्त्रीले गमलामा रोपाईं गरेपछि तातेका ‘प्रतिकृयाबादीहरु’ अझै सेलाएका छैनन् । प्रसंगले अर्को अर्थ नलागेमा, यहां ‘प्रतिकृयावादी’ शब्दको अर्थ राजनीतिमा गालीको रुपमा प्रयोग गरिने ‘प्रतिकृयावादी’ शब्दसंग कुनै संबन्ध छैन । गजुरीयल बिश्लेषण भन्छ, कुनै कृयामाथी प्रतिकृया जनाउनु नै प्रतिकृयावाद हो ।

हो, ‘गमलामा रोपाईं’ यो बर्षका अविश्यमरणीय घटनाहरुमा पर्ने गजुरीयल ठोकुवा छ । यस बिषयमा आज लेखेपनि पुरानो हुंदैन । आघौं बोलेपनि थोत्रो लाग्दैन । माहाकाव्य, थेसिस, उपन्यास जे सिर्जना गरेपनि यो बिषयले केही बर्ष मार्केट लिने पक्का छ । आजको गजुरीयल बिश्लेषण यही गमलामा रोपाईं गर्ने कृयामाथी आएका बिभिन्न प्रतिकृयाहरुमा कन्द्रित रहनेछ ।
‘गमलामा रोपाईं’ सम्भवत: संसारमै पहिलो पटक गरिएकोले होला, यसमा आएका प्रतिकृयाहरुपनि कम रमाईला थिएनन् । कसैले लेखेर प्रतिकृया दिए, कसैले बोलेर धारणा राखे, कसैले मनमनै बिचार बनाए । लिखित, मौखिक, सांकेतिक रुपमा आएका प्रतिकृया त हामीले पढि, सुनि र हेरी सकेकाछौं । तर, जोसंग आफ्नो बिचार दिने माध्याम थिएन, तिनिहरुका प्रतिकृया हामीले थाहा पाएका थिएनौं । त्यसैले आज ‘गजुरीयल मनो मिटर’को सहाराले यहां ती अव्यक्त बिचारहरु तल उल्लेख गरिंदैछ ।

मानिसको मनमा उठेका लाखौं प्रतिकृयाहरु मध्ये केही यस्ता थिए: १. ‘गजुरेलको गमला र धमलाको हमला उस्तै उस्तै हुन् ।’ २.‘गाई, गमला, गजुरेल– तिनैवटा गको संयोग गज्जब छ ।’ ३.‘गमलामा धान, डोको पानी, कहांबाट ल्यायौ गजुरेल्नी नानी ?’ ४. ‘गमलामा धान फल्छ भने डोकोमा दुध किन अडिदैन †’ ५.‘साली कमला, धान रोप्नु पऱ्यो अब ल्याउ गमला ।’ ५. ‘पार्टीको ह्विप भएपछि गमलालेपनि धान दिनुपर्छ ।’ ६. ‘धान दिने गमला, चोट पाउने कमला ।’ आदि ईत्यादि ।

 

‘गमला काण्ड’लाई जतिसुकै हल्का रुपमा लिएपनि यसको सार पक्ष त्यति हल्का लिनुपर्ने खाले पटक्कै हैन । तपाईं हामीलाई थाहा छ, नयां आईडिया निकाल्न सजिलो छैन । भन्नैपर्छ, गमलामा धान रोप्ने आईडिया साना दिमागले आज्र्याको पटक्कै हैन । यो आईडिया निकाल्न आयोजकहरुको कति धेरै मिटिंग बस्यो होला । छलफल भयो होला । पसिना निस्कियो होला । आईडिया निस्किएपछि भोज भयो होला । पानीमा भिज्नुपनि नपर्ने, हिलोमा गाडिनुपनि नपर्ने, पोहोरका कृषिमन्त्रीजस्तो बिरोधपनि नहुने, रमाईलो तरिकापनि हुने, मिडिया कभरेजपनि गज्जबले हुने ठानेर ‘गमला रोपाईं’को कन्सेप्ट आएको हुनुपर्छ ।

 

तर, यहां कुरोलाई कुलोजस्तो बटार्नेहरुको कमी छैन । कसैले ‘खेतमा जान अल्छी मान्ने मन्त्री’ भने । कसैले ‘कृषिलाई ठट्टा ठान्ने सरकार’को आरोप लगाए । ‘गमलामा धान रोपेर कृषिक्रान्ती’ भन्दै उडाए । ‘गमलामाथी माओवादी आक्रोस, ‘गमले मन्त्रीको अमले आईडिया’, ‘गमलामा धान फलाएर चिनमा सप्लाई गर्ने’जस्तो प्रतिकृयाहरुको ओईरो लाग्यो । ति मध्ये कुनै अर्थपूर्ण, कुनै तर्कपूर्ण कुनै ब्यर्थपूर्ण थिए । ती मध्य एउटा तर्कपुर्ण प्रतिकृयाको बिश्लेषण यस प्रकार छ ।

 

हामीलाई थाहा छ, राजधानीका अधिकांस धानखेतहरु प्लटिंग भैसके । सदरमुकाम वरिपरिका उर्वरभुमी खडेरी बनि सके । सडक छेउका जग्गा कुनै खाली छैनन् । कुनै भु माफियाको कब्जामा छन्, कुनै कंक्रिटको जंगल बन्दैछन् । बांकी रहेका जमीनहरुपनि बांझैं छन् । हामी अल्छी भयौं, खेत गर्ने जांगर छैन । सरकारपनि कृषिलाई आधुनिक बनाउनुभन्दापनि कृषकलाई बैदेशिक रोजगारमा पठाउने योजनालाई प्राथमिकता दिनेगर्छ ।

 

यस्तो अवस्थामा ‘गमला रोपाईं’ले निकट भविश्य दर्दनाक दृष्यको संकेत गर्दछ भन्ने गजुरीयल ठम्याई छ । कामलाई भन्दा कुरालाई प्राथमिकतामा राख्यौं भने, स्वदेशी श्रमलाईभन्दा बिदेशी भ्रमलाई बोकि रह्यौं भने, भोलीलाईभन्दा आजालाई प्राथमिकतामा पाऱ्यौं भने हाम्रा सन्ततीहरुले एकदिन गमला त के धान रोपाईं चलचित्रमामात्र देख्न पाउंछन् भन्ने गजुरीयल अनुमान छ ।

*’साप्ताहिक’बाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com