असाबधान ! असाबधान ! असाबधान ! भारतको राजधानी उलानबटोरको अमेजन जंगलबाट उत्सर्जित कार्वनडाईअक्साईडको कारण मानिसमा अक्सिजन ट्रान्सप्लाण्ट गर्नसमस्या देखिएको छ । असार साउनको यो शिशिर ऋतु हावा हुण्डरीको मौसम हो । यसैले सबैलाई यो खतरनाक अक्सिजनबाट सतर्क रहन तथा कार्वनडाईअक्साईडको अधिक खपत गर्न हार्दिक अनुरोध
संसद विघटनको बा-प्रयासलाई हजुरबा अदालतले लात हानेपछि बात अर्कैतिर पुगेको छ । अब प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा नदिए खेल अनैतिकताका आधारमा अघि बढ्नेछ । सत्तामा टिकि रहने, नढाली नछोड्ने र मौकामा चौका हान्ने – यी तीन तत्वहरु बीच फेरी खरिदबिक्रीको रेस्लिङ्ग चल्ने खतरा छ ।
बाको बेलगाम बोलीमाथी ब्यङ्ग्य गर्दा,‘प्रचण्डको हनुमान’काे आरोप आउँछ,काकाको उदण्ड शैलीमाथी हाँसाे गर्दा‘ओलीको अरिङ्गाल’काे आक्षेेप लगाउछ , दााईकाे समाजबादी झाेँकमा जोक बनाउँदा‘लोकतन्त्र बिरोधी’ भन्दै गाली बर्साउँछ,भाईको जनवादी बिजोगमा कमेडी गर्दा‘क्रान्तिबिरोधी मतियार’ भन्दै तर्साउँछ ! कमेडी कमेडी रहेन, ट्रेजेडी हुँदै गएकाे छयसैले आजकाल कमेडीलाई एन्जाईटी भएको छ