गायक मिलन लामालाई आफ्नै छोराले भने: ‘विचार गर्नोस्, नातिले तपाईंको फोटोमा ढुङ्गा बरसाउला !’

प्रकाशित मिति: १० चैत्र २०७४, शनिबार ०६:४९

कुरो उनै  लामादाईको हो जसले ‘माझी दाई पोखरा फेवा तालको’, ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको’, ‘घरमा पराल बारीमा बन्सो’जस्ता चर्चित गीत गाएका छन् । यी अर्ग्यानिक गायकसँग उनकै गृहनगर सौराहा स्थित उनकै  अर्ग्यानिक क्याफेमा  अर्ग्यानिक वार्तालाप भयो ।

अर्ग्यानिक यस अर्थमा की उनका गीतमा ग्रामीण परिबेशको कथा हुन्छ । क्याफेको नाम पनि ‘छेउकुना क्याफे’ राखेका छन्,  ट्वाइलेटमा ‘मुत्रत्याग स्थल’ लेखेका छन्,  सुत्ने कोठालाई ‘निन्द्राको उपचार स्थल’, रेष्टुरेन्टलाई ‘भोक भगाउने ठाउँ’  भन्छन् ।  हिजो मिलन ब्रदरसँग समसामयिक विषयमा केही अर्ग्यानिक कुराकानी भए । कुराकानी क्रममा मिलनले केही घत पर्ने कुरा गरे जो यस प्रकारका छन्:-

१. ‘पाँच पटक अमेरिका गएँ तर ग्रिनकार्ड एपलाई गरिनँ र गर्दिनँ पनि । तर, पत्नी र ससुराली चाहिँ मेरो निर्णयसँग खुसी छैनन् जस्तो लाग्छ ।’

२. लालबाबु मन्त्रीज्यु लाई मेरो सुझाव छ – ‘पीआर र ग्रिनकार्ड होल्डर लाई कारवाही मात्र होईन त्यो अवसर छोडेर आउनेलाई सम्मानको व्यवस्था पनि गर्नुहोस् ।’

३.हिजोमात्र अविवाहित छोराले भन्यो – ‘तपाईको इच्छा मुताविक म त देशमै बसौंला तर पछि नातिले ‘मेरा बाजेले कार्ड एपलाई गरी दिएका भए अहिले यस्तो दुःख त पाउँदिन थिएँ’ भन्दै तपाईँको फोटोमा ढुङ्गा बर्साउला !’ तरपनि म चाहिँ देशमै केही गर्न चाहन्छु ।

कुराकानीको निचोड: जानेलाई स-सम्मान विदाई गर्नुपर्छ, आउनेलाई प्रेमपूर्ण स्वागत  भन्नुपर्छ । किनभने देश भित्रै बस्नेहरु पनि राष्ट्रघाती  हुन सक्छन्, देश बाहिर रहनेहरु पनि देशप्रेमी हुन्छन् ।  को-कहाँ बसि रहेको छ भन्ने प्रमुख कुरा होईन,  देशका लागि कसले के गरिरहेको छ, त्यो प्रमुख कुरा हो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com