शक्तिशाली वाम सरकारले मदन भण्डारीको हत्यारा पत्ता लगाउने !

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार ०३:४५

२०५० साल जेष्ठमा एउटा शंकास्पद दुर्घटना भयो । दुर्घटनामा एमाले नेता जीवराज आश्रीत सहित जननेता मदन भण्डारीको मृत्यू भयो । एमालले यसलाई षडयन्त्रको संज्ञा दिंदै आन्दोलन शुरु गऱ्यो । आन्दोलनमा लाखौं जनता सहभागी भए । प्रहरीले गोली चलायो । ७ जनाभन्दा बढिको मृत्यू भयो । आन्दोलनकारीले ढुंगामुढा बर्साए । उपत्यका कुरुक्षेत्र बन्यो । धेरै जनधनको क्षती भयो ।

 त्यसबेला म ‘युगान्तर साप्ताहिक’को संवाददाता थिएँ । त्यो समयमा म पनि हिंसाको शिकार भएँ । मलाई कुटपिट गरेर टुकुचामा फालियो । ७ घण्टापछिमात्र उद्धार गरिएको थियो । पुराना पत्रिका पल्टाउने क्रममा आज त्यही समयको एउटा समाचारपत्र फेला पऱ्यो, ‘जनभवाना साप्ताहिक’ । २५ बर्ष अगाडीको यो पत्रिकामा मेरो घाईते तस्वीर सहितको समाचार पनि रहेछ । त्यो ईतिहास संझँदा एक हिसाबले रमाईलो लाग्यो ।

तर, रमाईलोभन्दा नरमाईलो बढि लाग्यो । मदन भण्डारीको मृत्यू भएको आज २५ बर्ष पुगिसक्यो । । त्यसबिचमा एमाले धेरै पटक शक्तिशाली बिपक्ष बन्यो । संयूक्त सरकारमा बस्यो । नौ महिने सरकार चलायो तर न मदन भण्डारीको हत्यारा लाग्यो, न त पत्ता लगाउने बलियो पहल गरियो ।

आज त्यो दुर्घटनाका एकमात्र साक्षी अमर लामाको पनि हत्या भईसकेको छ तर पनि यो काण्डको बन्द भएको छैन । अहिले मदन भडारीे आन्दोलनमा ज्यान गुमाउनेहरुका आफन्तहरु ज्यूँदैछन् । सयौं घाईतेहरु र हजारौं आन्दोलनकारी बाँचि रहेकाछन् । मदन भण्डारीका लाखौं फ्यानहरु ईतिहासकै यो ‘शक्तिशाली बाम सरकार’लाई सुझाव र दबाबको भाषामा भनि रहेकाछन्, कि यो दुर्घटनामात्र थियो भनेर ‘च्याप्टर क्लोज’ गर, कि त मदन भण्डारीको हत्यारा पत्ता लगाएर हामीलाई सुसुचित गराउ ……!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com