पहिलो हास्यव्यंग्य, पहिलो प्रश्तुती, पहिलो दर्शक । हेर्नोस्, तपाईं पनि हुनुहुन्छ होला…

म २०४५ सालमा राजधानी छिरेको हुँ । काठमाण्डौमा मेरो पहिलो प्रश्तुती सूर्य बिनायकमा भएको थियो , झापाली पिकनिकमा । केशब दाजुले ‘हाम्रो कान्छोले पनि हँसाउछ’ भनेपछि कसैले नबोलाईकन उभिएर प्यारोडी गाएको थिएँ । प्यारोडी यस्तो थियो,

‘झल्झली आँखामा झल्झली आँखमा
कस्तो लाग्यो हाँडीको मोसो
सक्दिनँ म हेर्नलाई
भो भो बैनी लौन पुछ न !

नयाँ नयाँ चलनको नयाँ भेष
पङ्क्स बन्न भनिकन घोडाकोजस्तै केश
ओठमा लिपिस्टिक, आँखामा परेला
सक्दिँन म हेर्नलाई
भो भो बैनी लौ नतान न !’

-झापाली पिकनिक, सूर्यबिनायक, भक्तपुर, २०४६–२०५६ साल 

२०४६ सालदेखी ०५३ सालसम्म काठमाण्डौका प्राय: सबै क्याम्पसहरुमा पुगि सकेको थिएँ, हँसाउन । यो बिचमा पोखरा, बुटवल, गोरखपुरसम्म पनि पुगें । अहिले भने ०४६–०५६ साल बिचका केही तस्वीर राखेको छु । त्यसबेला मलाई हौसला दिने दर्शक तथा शुभ चिन्तकहरुले संझिएको कुरा तल कमेन्टमा लेख्नु नै हुनेछ ।

‘यो हडबडे रेडियोको गडबडे समाचार हो । अब ट्यूबलाईट पोएटबाट समाचार सुन्नुहोस् । आज राष्ट्रि्य पञ्चायतमा बसेको बैठकले घरजग्गा बिहिन जनतालाई, ऐलानी माटोबाट हटाई, लाठी र मुङ्ग्रीले ठटाई उत्तरतिर खेदाउने कुरा पारित गरेको छ ।’


                      –बुटवल क्याम्पस हो कि जस्तो लाग्छ, ०४६-०५६ साल

 

‘महा भा..रत, महा भा…तर, म.हा..भार…त
हा.हा..हा, हा.हा..हा…हा.हा..हा…हा.हा.हा
अब शुरु भयो महा भारत कथा
कथा हो यो भ्रष्टको, यो दुष्टको, यो निकृष्टको
राष्ट्र् ध्वस्तापनार्थाय, सम्भवामी युगे युगे…..
टु…………………………………………………..!’

 

–त्रि–चन्द्र क्याम्पस, दरबारमार्ग, काठमाण्डौ, ०४६-५६ साल 

 

प्यारोडी: किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ ।

‘दिउँ दिउँ भोटहरु भनेजस्तो पार्छ
भोटहरु माग्दा खेरी पैसा पनि झार्छ
दिउँ दिउँ भोटहरु…………………।

‘नेताहरुलाई चुनाव आयो घरघर गई
(जिउ)२ गरि फकाउँछन् गरीब जनतालाई
भोट दिए घरघरमा बत्ति बाल्नु भन्छ
जितेपछि के को बत्ति, आफ्नै भुँडी भर्छ ।
दिउँ दिउँ………………………………….।’

भोट माग्दा जनतालाई पैसा पनि दियो
जितेपछि जनताकै रगत खोसी लियो
अबचाहीं भोट माग्न आउँनेहरुलाई
पाँच औंलाको छाप गालामा लाई दिउँ दाजुभाइ
दिउँ दिउँ झापडहरु जस्तो मलाई लाग्छ ।’

–आर.आर. क्याम्पस, प्रदर्शनीमार्ग, २०४६-०५६ साल

 

‘हेर्नोच, म के के भन्चु भने, त्यही भन्चु । किन भन्चु भने, भन्नका लागि भन्चु । भन्ने कुरा पनि भन्चु, नभन्ने कुरा पनि भन्चु । किनभने मैले हिजो पनि भनेको हो । आजपनि भन्दैचु । भोलीपनि भन्नेचु । के भन्नेचु भने, बस्, भन्नेमात्रै चु ।’

–सरस्वती क्याम्पस, लैनचौर, ०४६-०५६ साल

 

‘याई रे याई रे
जोर लगाई नाची रे
चल मेरे सँङ्ग सङ्
चल मेरे सँङ्ग सङ् हाओ मेरो लै लै
चल मेरे सँङ्ग सङ ।’

‘तुम पास आए, तुम पास आए
पास आके सानु युँ हि मुस्कुराए
दाईको घर कहाँ हो कहाँ ?
यहाँ..यहाँ…यहाँ…….।’

–आर.आर.क्याम्पस, प्रदर्शनी मार्ग, २०४६-०४६ साल

 

‘आमा दिदी बहिनी हो
कति खान्छौ बासी भात
दिनदिनै तेलमा भुटेर

तिमीजस्ता दिदी बहिनी
कलेजमा पुगि सके
आफ्नो लभर चुनी सके
तिमी भने स्कुल भरी
छुनमुनाउछ्यौ दंग परि
जिवनभरी भरी सिङ्गल बनेर ।’

-खै कता हो कुन्नी, थाहा भएन  🙂  २०५२-०५३ साल 

 

 

‘रक्सी नभए जिन्दगानी मरेसरी छ
फेरी पनि रक्सी नभई हुँदै हुँदैन

कैलकाहीं चुरोट तान्दा धुवाँ फोक्सोमा पसेर
खोक्न थाल्छन् रगत सरी ट्वाईलेटभित्र बसेर
भित्रभित्रै खाईसक्यो चुरोट र रक्सीले
अनि भन्छन्, खाई है बोक्सीले,
रक्सी नभए……।’

 



–सरस्वती क्याम्पस, लैनचौर, २०४६-०५६ साल

 

त्यसबेलाका मेरा हल्का–फुल्का प्रश्तुतीमा पनि हौसला दिने मेरा सहकर्मीहरुलाई भुलेको छैन । ताली र हाँसोले प्रोत्साहन गर्ने शुभ–चिन्तकहरुलाई अहिले पनि संझिरहेको छु । समानता, स्वाधिनता र मानवताको पक्षमा हास्यव्यंग्य गर्ने शर्तमा तपाईंले उठाएको त्यो ठिटोले अहिले पनि आफ्नो धरातल बिर्सिएको छैन । सबैको मन, मुहार र मस्तिष्कमा मुस्कानको तरङ्ग फैलाउने अभियान जारी छ । सबैको मंगल होस् ।

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com