भुटनिज नेपालीका प्रिय डाक्टर भम्पा राईको दर्दनाक कथा, लौन, केही गरौं !

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार १२:५९


हल्लो, हल्लो, हल्लो ! कोही हुनुहुन्छ,  भम्पा राईलाई चिन्ने ?  हजुर, डा. भम्पा राई ! भुट्निज नेपाली । ९० को दशक अघि भुटानबाट लखेटिएका । २५ बर्षदेखी झापाका शरणार्थी शिबिरमा बस्थे नि ! हजारौं बिरामीको निशुल्क सेवा गर्थे नि, चिन्नु भो ? हो, हो, उनै समाजसेवी भुटनिज नेपाली डाक्टर भम्पा राई । उहाँ आजकाल साह्रै दुख्नु भको छ है ! उहाँ मात्र होईन, धर्मपत्नी उर्मिलाका पनी दुबै मृगौला फेल भएका छन् ।

डाक्टर भम्पा राई

यी डाक्टरलाई मैले पनि एक पटक भेटेको छु । औधी जाती थिए । चाहेको भए डाक्टरी गरेरै धेरै नखद कमाउन सक्थे। राजाले भनेको मानेको भए भुटानमा अहिलेपनी आनन्दले जीवन बिताउथे । पुनर्स्थापनामा लागेको भए आज अमेरिकाको अस्पतालमा काम गर्दै हुन्थे । यि सबै सुख सुबिधा लत्याएर अनवरत जनताको सेवा गरे । आज उनैको अवस्था यस्तो छ !

अन्तिम समयसम्मपनि  मातृभुमी भुटान फर्कने, पुर्खाले सिंचेेकाे माटो सम्याउने, त्यहीं बाँच्ने, त्यहीं मर्ने जिद्दी गरेर नेपालमै बसे । अहिले न भुटान फर्कने स्थिती छ, न आफन्तसँगै सेटलमेन्टमा जाने अवस्था छ । बेसाहारा र रोगी बुढाबुढी  एक अर्कालाई हेराहेर गर्दै मृत्युसँग लडि रहेका छन् ।


श्रीमती बिर्तामोडमा, श्रीमान् सिलिगुडीमा । हेरचाह गर्ने आफन्त कोही रहेनछन् । सम्थिङ राईजीले सहयोग गर्दै रछन् । खर्च-बर्च पनि रैनछ । असमचार डटकमका सुरेन्द्र भन्डारीका अनुसार, सार्है बिजोक छ अरे । सम्चार सुनेर औधी पिंडा भयो । त्यही भएर तपाईंहरुलाई खबर गरेको हुँ । बाँकी तपाईंहरुको बिचार ! हजारौंको निशुल्क उपचार गर्ने डाक्टर नै यस्तो अवस्थमा देख्दा यस्तो लाग्छ, हे दैब ! यस्तो दु:ख शत्रुलाई पनि नपरोस् ।

डा. भम्पा र उनकी पत्नीको जीवन रक्षा गर्ने कोही रक्षक पठाई देउ!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com