X-CLUSIVE :रोनाल्डोको फ्यान प्रचण्ड, गगन थापाको समर्थन इजिप्टलाई, राजेन्द्र महतो घानातिर, महन्त ठाकुर नाईजेरिया

प्रकाशित मिति: ४ असार २०७५, सोमबार ०२:११

विश्वकप फुटबल फ्लु जसरी फैलिएको छ । रसियामा भैरहेको फुटबलले एसियामात्र हैन, युरोप अफ्रिकासम्म हानेको छ । नेपालमा पनि सर्वसाधारणदेखि असाधारणसम्म कसै न कसैको पक्षमा लागेका छन् । हामीले नेपालका केही साधारण, असाधारण, अवधारणलाई सोधेका थियौं, तपाईं कस्को पक्षमा ? किन ? आउनोस्, उनिहरुको बिचार सुनौं । प्रश्तुत छ, नेपालका केही राजनीतिज्ञको बिचार, को कसको पक्षमा ?

“यो कुरामा दुईमत रहेन कि मेस्सी नै मलाई सबैभन्दा बेसी मन पर्ने खेलाडी हुन् । उनि विश्वकप फुटबलमा मेस्सी भए, म पनि नेपालको सत्ताकपको मेस्सी नै हुँ । अर्को कुरा, नेपालका अधिकांस दर्शक अन्जेन्टिनाकै पक्षमा छन् । सामाजिक सञ्जालमा हेर्नोस्, हामी दुवैको ठुलो क्रेज छ, दुवैले खासै ठूलो खालो सार्न नसकेपनि । उनको लेटेष्ट खेलपनि खस्किएको आरोप लाग्यो । मलाईपनि बिभिन्न कोणबाट यस्ता प्रतिकृया आउन थालिसके । अर्जेन्टिनाजस्तै मैलेपनि अर्जेन्ट देखिने गरी काम गरिंन भने मेस्सीको क्रेजजस्तै मेरो पनि खस्किने पक्का छ ।”

-केपी शर्मा ओली
प्रधानमन्त्री, आफ्नै सरकार

“मने, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो मलाई एकदमै मन पर्ने खेलाडी हुन् । खेल कौशलमा उनि जति पारङ्गत छन्, राजनीतिमा मपनि उस्तै हैसियत राख्छु भन्ने ठम्याई छ । हेरौं यस पटकको खेलले कुन चरणमा गएर सफलता प्राप्त गर्छ । टीमलाई मिलाएर लैजाने र समिकरणलाई सफल बनाउने उनको शैली नै मेरो शैली हो । अर्को कुरा, हामी दुबैको नाम सुन्दा झण्डै उस्तै सुनिन्छ, रोनाल्ड र प्रचण्ड ।”

-कमरेट पुष्प कमल दहाल ‘प्रचण्ड’
अर्धध्य, एकादेशको कम्युनिष्ट पार्टी (एकपा)

 

“ईजिप्टका महम्मद सलाह मलाई एकदमै मन पर्ने फुटबल खेलाडी हुन् । उनको परर्फमेन्स पनि बहुत राम्रो छ, मेरोजस्तै । तर, पावरमा छैनन् । मलाई कांग्रेसले नै लडाउन खोजेजस्तै डिस्लाई फुटबल स्टार रामोसले सलाहलाई पनि कैलेकाहीं निकै गाह्रो पार्छन् । जब स्पेनका रामोस र ईजिप्टका सलाहको गेम हेर्छु, त्यहाँ म आफुलाई नै पाउँछु ।”

-गगन थापा
नेता, नेपाली योङ्रेस

 

“गत चुनावमा जिल्ल परेको कारणलेमात्र म ब्राजिलको पक्षमा लागेको हैन, नेयमारको ब्यवहारपनि मेरोजस्तै छ । उनको र मेरो धेरै कथा ब्यथापनि मिल्छ । बार्सिलोना छाडेर गए, मजस्तै । घाईते भए, मेरोजस्तै । फरक यति हो, उनि पुन: टिममा फर्किए तर मेरो टुंगो छैन । न पुरानो टिमबाट गेम जितिन्छ न त नयाँले बिश्वास गर्छ ।”

-बाबुराम भट्टराई
नेता, दायाँशक्ति नेपाल

 

“हाम्रो पार्टीजस्तै राम्रै आशा बोकेको टिम हो, आईसल्याण्ड । पहिलो चोटी यो महासंग्राममा आएकाछन्, हामीजस्तै । उनको पक्षमा पनि धेरै दर्शक देखिन्छन्, हाम्रो फेसबुकमाजस्तै । तर जसरी हामीले बुझ्यौ कि फेसबुकक्रेजले चुनाव जितिंदो रहेनछ त्यसैगरी फ्यान फलोइिंगले पनि खेल जितिन्न भन्ने बुझ्नुपर्छ उनिहरुले । वास्तविक परपरमेन्स त मैदानमै गर्नु पर्दो रहेछ ।”

-रवीन्द्र मिश्र
नेता, विवेकशिल साजा पार्टी

“मेरो मन पर्ने टिम ईरान हो । किनभने यो टिम खेल्नचाहीं सधैं खेल्ने तर परसम्म कहिल्यै नपुग्ने, ठ्याक्कै हामीजस्तै दलजस्तै । कोरियापनि त्यस्तै हो, अशोक राईजीको मनपर्ने टिम । भरखर हामीपनि सरकारमा गयौं, आशा यो टिमपनि सफल हुनेछ ।”

-उपेन्द्र यादब
नेता, संघीय समात्बादी पार्टी

 

“त्यो गाना कि घाना भन्ने देश छ नि, त्यो टिम मलाई बहुतै मन पर्छ । टिम कमजोर नै किन नहोस्, गेममा त सधैं भाग लिन्छ नि । बिश्वको दर्शकको मन जित्न नसकेपनि केही केहीलाई त खुश् पारेको छ नि । चलो, घानाका गाना बजाओ ।”

-राजेन्द्र महतो
नेता, हद्भावना पार्टी

“के छ कि नाईजेरिया मलाई एकदमै मन पर्ने टिम हो । हुनत मैले अहिलेसम्म कुनै गेम हेरेको छैन तरपनि नाईजेरियाले सानो जमातलाई राम्रै मनोरञ्जन दिएको छ । ठाकुर हुँ, झुठो बात गर्दिंन । मुख् कुरा त, ‘जेरिया’को अगाडी ‘नाई’ जोडेको छ ।”

-महन्त ठाकुर
नेता, लाजपा

 

-तस्वीरहरु: तानतुन डटकम

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com