खाक्सी ब्यापारीदेखि सावधान….
प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलवार १४:२९
बाबु: पसलमा बसेर सामान बेच है छोरा, म एकछिन बजार पुगेर आउँछु ।
छोरो: हस् बाबा !
(एकैछिन् पछि एउटी ग्राहक आउँछिन्)
ग्राहक: ए भाइ, ट्वाइलेट पेपर छ ?
छोरो: (यता उता हेर्दै) छैन रहेछ ।
बाबु: (पसलमा पस्दै) ग्राहक आएनन् छोरा ?
छोरो: आएकी थिईन् एकजना तर ट्वाइलेट पेपर नै थिएन ।
बाबु: हैट, ग्राहकलाइ खाली पठाउनु हुन्न। केही त बेचेर पठाउनु पर्छ है छोरा ।
छोरो: हस् बाबा ।
(भोलीपल्ट)
ग्राहक: भाइ आज ट्वाइलेट पेपर छ ?
छोरो: त्यो त छैन । मिल्दोजुल्दो खाक्सी छ, लैजानु न है