मुस्ताङको गाडी रुखमात्रै चढ्दैन, बाँकी जहाँपनि जान्छ : हिमालपारीबाट तस्विरको अाँधी बेहरी…

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार ००:०४

 

हलो, हलो ! अहिले हामी अपर मुस्ताङमा छौं । ल्होमान्थाङ, छोसेर र कोरला नाका घुमी टुंगामा पुगेर यात्राका ताजा तस्विरहरु पस्केका छौं, अघाउञ्जेल खानु होला 🙂 पैसा पर्दैन, प्रतिकृया भए पुग्छ । (काम : पासाङ शेर्पा, कुरा : मनोज गजुरेल, डाटा : रमेश बराल, कलेक्सन : मिङ्मा कामी शेर्पा, सुचना: सुधा शेर्पा, संकलन: चिन्तामणी बराल)

‘सो….सो. सो. सो….!’ हिमाली संस्कृति अनुसार यात्रा देउरालीमा पुगेपछि सो.सो..सो…भन्दै कराएर खुशी ब्यक्त गरिन्छ : मुस्ताङी राजाको राजधानी ल्होमान्थाङको सुन्दर दृष्य अगाडी ।

 

दशैं पनि आउन लाग्यो, यिनै हुन् है मुस्ताङबाट आउने च्याङ्ग्राहरु : केवल तपाईंकालागि  😀 

 

निजहरु चाईनिज हैनन्, ताप्लेजुङका धरतीपुत्रहरु हुन् : कोरला नाका अगाडी पासाङ शेर्पा र मिङ्मा कामी शेर्पाको गोर्खाली पोज  

 

हात्ती सुति रहन्छ, मान्छे हिंडि रहन्छ…. छोसेरमा रहेको रातो हात्ती ढुंगा अगाडी मान्छेको तालमा लम्किंदै रमेश बराल ।

 

माथी देख्नु भयो चाईनाको भन्सार, यो हेर्नोस्, नेपालको भन्सार ! संसार यस्तै छ साईंला, टाउको फुटाउनु भएन 😎

 

मुस्ताङे ड्राईभरको डाईलग : ‘मुस्ताङको गाडी रुखमात्र चढ्दैन, बांकी जहांपनि जान्छ !’ कडा 😛

 

      गुम्बाका यिनी बिद्यार्थी, पहराभित्र बस्ती छ, अपहरण-बलात्कारको डर छैन, त्यसैले यिनलाई मस्ती छ ।

 

पहराको छातीभित्र फुलेको यो फुल, सकेसम्म लामाजीले गर्ने छैनन् भूल : छोसेरमा रहेको पुरानो सुन्दर निपु गुम्बा ।

 

पहराको छातीभित्र फुलेको यो फुल, सकेसम्म लामाजीले गर्ने छैनन् भूल : छोसेरमा रहेको पुरानो सुन्दर गुम्बा २

 

यो सुन्दर दृष्य के हो, हामी गोप्य राख्न चाहान्छौं किनभने हामीले यसको नाम भन्यौं भने तपाईंले थाहा पाईहाल्नु हुन्छ कि यो ‘छोर्तेन’ हो भनेर…।

 

सय जना बिद्यार्थी, बिस जना मास्टर : छ महिना मुस्ताङ, छ महिना पोखरा, के हो ?

 

हिमाल भनेर हिमाल नसम्झ यहां उवापनि फल्ने गर्छ, मुस्ताङ भनेर दुर्गम नसम्झ मेसिनपनि चल्ने गर्छ ।

 

हिमाल अग्लो कि गुम्बाका गजुर अग्लो हजुर ?

 

राजा भनेका राजै हुन् भन्थे, हो कि क्या हो ? सत्ता गएपनि मुस्ताङी राजाले आफ्नो थातथलो छोडेका छैनन् ।

 

ओम् माने पेमे हुं, बाटैभरी मन्त्र पढ्न माथ्लो मुस्ताङ जुं…

 

केवल ढुंगा र माटोको यो मूलुकमा यति राम्रा काठचाहीं कहांबाट ल्याए ?

 

छानाको दाउरा : बाल्न पाईन्न, हेर्नचाहीं पाईन्छ ।

 

माथी माथी जोङ् गुफामा मान्छे लुक्ने दुलो : दुलोभन्दा दुलो पस्ने भऱ्याङ रहेछ ठूलो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com