नभोगुन्जेल, अहा नेपाल ! भोगेपछि, अहो नेपाल ! काली गण्डकी करिडोरको बिचित्रकथा

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलवार ०१:२२

 

जोमसोम-बेनी सडकको दुर्दशा अपडेटमा स्वागत छ । जाँदा सद्धे छोडेर गएको, तिनदिन पछि फर्कंदा ध्वस्त देख्दा शुरुमा त विश्वास नै लागेन । किनभने, कोरला-पोखरा जोड्ने ‘ईन्टरनेशनल हाईवे’को अवस्था यस्तो देख्दा कसरी बिश्वास गर्नु । जे होस्, हामीजस्ता घुमन्तेकालागि त एक्साइटिङ् थियो तर त्यहीं जिवन चलाउनेका लागि यो बाटोले प्रत्येक बर्ष यसरी नै रुवाउने गर्दछ । आउनोस्, आजको यात्रामा हामीले देखेका, भोगेका र अनुभव गरेका घटनाको फोटो-कथा हेरौँ, सरकारलाई पनि हेर्न प्रेरित गरौं !

फोटोकार: पासाङ शेर्पा :-  कथाकार : मनोज गजुरेल

 

बनेको छ पहराले यो छाती मेरो….. भनेर के गर्नु   ! त्यही पहराको बाटो पहिरोले स्वाट्टै बगाए पछि …

 

भित्तामा देखिएको धर्को छ नि, त्यो कमिला हिंड्ने हाईवे हैन । तिनदिन अघि हाम्रो गाडी यहींबाट जोमसोम गएको थियो ।

 

प्रकतिका अगाडी प्रबिधिले कहिल्यै बिजय प्राप्त गर्दैन । डोजरले बनाउँदै गर्छ, पहिरोज्यूले भत्काउँदै गर्नुहुन्छ 😀

 

उर्लेर आएको गण्डकी भेलले, यी बरा पर्यटक भए थुरुरु…

 

आस्था भनेको आस्था नै हो । चाहे त्यो राजनैतिक होस् वा धार्मिक । लागेपछि लाग्यो लाग्यो, बाढी न पहिरो ।
मुक्तिनाथ हिंडेका भारतीय बाबाहरुको साथमा नेपाली हावाहरु…

 

उर्लेर आएको गण्डकीको भेल,    कहिले हाँसो कहिले अाँशु प्रकृतिको खेल

 

कति माया लाग्छ नि लै लै, माईतीले माया गरि दाईजो दिएको ।

 

रुप्से झरना : शान्त हुँदा जति रमाईलो देखिन्छ नि…

 

रुप्से झरना : बौलाएपछि पुल पुलेसाहरुको सातो जान्छ ।

 

कहिले बाढी, कहिले पहिरो आकासै कराउँछ,       जोडा जाेडी संगै हुँदा मनको डर हराउँछ

 

प्रकृतिले बिपत्तीमात्र हैन, सम्पती पनि लिएर आउँछ । गण्डकीको भेलले ल्याई दिएको दाउरा जम्मा गर्दै

 

दाना गाउँको गहिरो : सधैं झर्ने पहिरो ।

 

हिउँदभरि बनाउने, बर्खाभरी भत्काउने । ठेकदारको झेल कि कालीको खेल ?

 


समृद्धिको पहिलो पाईला कहाँबाट शुरु हुन्छ, मोजा खोलेर हेरौ है त…

 

देख्नु भो, समृद्धिको पहिलो पाईला हिलोबाट शुरु हुँदो रहेछ…

 

समृद्धिको दोश्रो पाईला हिलोको पोखरीबाट अगाडी बढ्दो रहेछ…

 

यी पर्यटकले नेपालको बारेमा कस्तो शन्देश लैजालान् ? फेस रिडिङ गर्दै आन्तरिक पर्यटक रमेश बराल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com