नेपाली समाजका केही अकथित नियमहरु…

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १४:१५

 

  • जेठो छोरोको नाम उज्जवल छ भने कान्छाको प्रज्ज्वल हुनैपर्छ । त्यसैगरि कान्छाको नाम सुरेश छ भने जेठाको रमेश नै हुन्छ नत्र दाजुभाइ नै हैनन् झैं गरिन्छ ।

 

  • पारिवारिक भेटघाट हुँदा १६ बर्ष मुनीका बालबालिका छन् भने बाबुले गीत गाउनु जरुरी छ भने नानीले नाँच्नै पर्ने हुन्छ नत्र मम्मी ड्याडी रिसाईसिन्छ ।

 

  • बाबु आमा र छोराछोरी भएको ४ जनाको परिवारमा कम्तीमा ३ जनाको नाम एउटै अक्षरबाट शूरु भएको हुनुपर्छ । नत्र गोद लिएको बच्चा ठानिन्छ ।

 

  • घरमा धर्मपुत्र वा धर्मपुत्री भनेर राखिएको छ भने तिनलाई सरकारी बिद्यालयमा पढाईन्छ, आफ्नालाई बोर्डिङ् स्कुलमा राखिन्छ । उल्टो पऱ्यो भने शंकाको नजरले हेरिन्छ ।

 

  • केटाकेटीलाई पाहुना आएका बेला ‘नमस्ते गर’ भन्नैपर्छ किनकी तिनका बाबु आमाले पनि यस्तै सिकाएका हुन्छन् । नसिकाई नमस्ते गरे भने बाबुआमा हैन, बिद्यालय राम्रो रहेछ भन्ने बुझ्नुपर्छ ।

 

  • अरु बेला शान्त हुने केटाकेटी पाहुना आएपछि एकाएक झगडा गर्नैपर्छ । सधैं टोकाटोक गर्ने बाबुआमाले पाहुना आएको दिन बोकाबोक गर्नैपर्छ नत्र नेपाली नै भईंदैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com