लाटो ज्ञानी र बाठा मुर्खहरु

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार ०९:४३

 

बजारको बीचमा एउटा जादूगर जादु देखाउँदै थियो मान्छेको ठुलो भिंड लागेको थियो । उसले एउटा केटोलाइ कपडाले छोप्छ र छुरिले छेड्छ । रागतसरीको छुरी देखाउँदै, डमरुको तालमा भन्छ…

जादुगर : ए हजुर, यो केटोलाई मार्ने कि बचाउने ?

दर्शकहरु : बचाउने बचाउने

जादुगर : ए भाई तिमीलाई बचाउन के गर्ने [त्यो केटोलाई सोध्छ]

केटो : औषधी किन्न पैसा दिनु पर्छ

जादुगर : ए भाई पैसा कस्-कसले दिने ?

केटो : दर्शक सबैले

जादुगर : ए हजुर तपाईंले पैसा नदिए यसलाई बचाँउन सकिन्न, लौ दिनुस दिनुस [भटुभुटु डमरु]

दर्शक : आधाउधीले बुरुरुरु पैसा फाल्छन्

केटो : [भट्याक भट्याक गर्दै] ऐया ऐया ऐया…कराउँछ

जादुगर : ए भाई, जो दिया उस्को भला ! जो दिनु भए न के हुन्छ ?

केटो : जो नदिया मध्यरातमा सबको आँखा बन्द हुन्छ

दर्शक : एकजना लठेप्रो मान्छे बाहेक सबैले पैसा बर्साउछन्

जादुगर : केटोलाई चटकी काइदाले जगाँउछ र पैसा उठाएर हिड्छ

दर्शक : (त्यो लठेप्रोतिर देखाउदै) हेर लठेप्रो कति मुर्ख रहेछ, यसै अन्धा हुने भयो !

लठेप्रो : हा हा हा हा, मुर्ख त तिमीहरु हौ, जस्लाई मध्यरातमा सबैका आँखा बन्द हुन्छन् भन्ने कुरा बिर्सिएर ठगलाई पैसा दिन्छौ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com