ट्वाकेन्द्रको हड्डी मन्त्र

प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलवार १५:५१

तिनजना केटाहरु रक्सी भट्टीमा गएर रक्सी खान सुरु गरेछन् । घण्टौं सम्म खाए पछि ट्वाकेन्द्रको अन्तिम वार्तालाप भट्टी साहुनी सँग:

ट्वाकेन्द्र : साहुनी, ह्याकुला फ्राइ छ ?

साहुनी : केही छैन, सबै सकियो ।

ट्वाकेन्द्र : केही दिनुस न, यो एक एक प्याक त सक्नु पर्यो नि !

साहुनी : (उनीहरूले चुसेर टेबलभरि छरिएका हड्डीका टुक्रा उठाउँदै ) अब त हड्डी फ्राई मात्र हुन्छ ।

ट्वाकेन्द्र : हुन्छ-हुन्छ, चाँडो ल्याइदिनुस ।

साहुनी : (फ्राई गरेपछि) लिनुस्, एकदम खरो बनाएर ल्याएकी छु ।

ट्वाकेन्द्र : आहा कति मीठो ! साहुनी अघिनै दिनु पर्दैन ?!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com