मुर्ख डाक्टरको हास्यपचार पद्धती यस्तो छ…

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार ०३:४१

गोपाल सर एक धनाढ्य थिए । उनको छोरो अलि फन्टुस थियो । बाबुको छोरालाइ  डाक्टर बनाउँने  ईच्छाका कारण पढ्न बिदेश गए, तर उनले पढेनन्। ५ बर्ष पछि घर फर्किएकै दिन गाउँमा एक महिला सुत्केरी हुने बिराम लागेर अस्पताल लाने सल्लाह हुदै रहेछ । गोपाल सरले खुशी हुदै भने : मेरो छोरा डाक्टर भएर आएकै छ किन अस्पताल लानु ? उता,पढ्दै नपढी आएको छोरा भने आफुले डाक्टर पढेको नाटक कसरी गर्ने भन्ने चिन्तामा थियो । अब समस्या आई लागे पछि जाई त लाग्नै पर्यो । उसले पनि बच्चा बच्चीका लागि ल्याएको एउटा लालीपप ब्याबाट झिकेर हातमा लियो र बिरामीको छेउमै उभिएर ‘के खाई के खाई ललिपप खाई, के खाई के खाई ललिपप खाई’ भनेछ । डाक्टरको शैली देखेर वरिपरी बसेका मान्छेहरु मुस्कुराएछन, बिरामी महिला त झनै जोड्ले खितितितिति….के हाँस्या थिइन, बच्चा त फ्याट्ट भुँइमा च्याँरच्याँर..
सबै मान्छेले चकित हुदै डाक्टर तिर हेरे
डाक्टर वल्ल बोले : यो चिकित्शा जगतकै नयाँ प्रयोग हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com