मन्दिर र गुम्बा जानपनि ‘नो अब्जेक्सन लेटर’ माग्दा…

प्रकाशित मिति: ११ पुष २०७५, बुधबार ०२:३६

 

स्वदेशमा विदेशीको संस्कृति चल्दा !
बन्द होलान् रोदीघर खुल्लान् क्याब्रे साल्सा !! 
वीरगञ्जको माईकेलाल माईकल ज्याक्सन बन्ला !
दौरा सुरुवाल लाउँछु भन्दा ‘No Permission’ भन्ला !!

‘No Objection Letter’ बोकी गुम्बा जानु पर्दा !
दशैं तिहार मान्नलाई Licence माग गर्दा !!
संस्कृति र संस्कारलाई भातसँग साट्दा !
कस्तो होला आफन्तले आफ्नै कुरा काट्दा !!

यान्त्रिक होलान्, सबै जना, हुन्न मनमा माया !
तिनकै आदेशमात्र मान्ने, बस्छन् दायाँ बायाँ !!
मातृभाषा बोल्दा खेरी सोझै पुलिस बोला !
आफ्नै देशमा पराई झैं, बस्दा कस्तो होला !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com