सुन्नै पर्ने पत्नी प्रवचन !

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार ०३:४१

मध्यरातमा एकजना मानिस रक्सी खाएर सडकमा हल्लिंदै हिंडिरहेको देखेर..

प्रहरी : यति राती कहाँ हिंडिरहेको हँ ?

मत्तु : रक्सी खाए पछि हुने पारीवारिक समस्या बारे प्रवचन सुन्न ।

प्रहरी : यति राती तेरा बाबुले प्रवचन दिन्छ ?

मत्तु : हैन हजुर, मेरी श्रीमतीले !

बाबु : छोरा तिम्रो रिजल्ट के भयो त ?

छोरा : सरले भन्नु भएको मैले एक बर्ष यहि कक्षामा लडाईं गर्नु पर्छ रे

बाबु : लडाईं त दुई तिन बर्षै गर, ‘तर फेल हुनु हुँदैन !’

रोहन : (साजनसँग) डाक्टरले यो पर्चीमा के लेख्छ यार, औषधी पसलेले मात्र बुझ्ने गरि ?

साजन : मैले त यसलाई लुटें, तँ पनि लुट है भनेर लेख्छ, खै कुरो बुझेको !

एक पटक कक्षामा पढाइरहेका शिक्षकले एकजना बद्यार्थीलाई सोधेछन्…

शिक्षक : ल भन त, बसको ड्राइभर र कण्डक्टरमा के फरक छ ?

बिद्यार्थी : कण्डक्टर निधायो भने कसैको टिकट काटिंदैन तर ड्राइभर निधायो भने सबैको टिकट काटिन्छ सर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com