मुसो डुबेको मोही र ढँटुवा चिकित्सक

प्रकाशित मिति: १३ माघ २०७५, आईतवार ०४:४४

एउटा डाक्टरले नयाँ क्लिनिक खोलेछन् । बाहिरबाट आइरहेको एक आगन्तुकलाई देख्नासाथ क्लिनिकको ब्यास्तता देखाउन फोनको रिसिभर उठाएर कुनै बिरामीले समय माग्दै गरेको  नाटकीय कुरा गरे । रिसिभर राखेर आगन्तुकलाई भने – ‘ल भन्नूस् तपाईंको के समस्या छ ?’
आगन्तुकले जवाफ दिन्छन्- ‘म दूरसञ्चार कम्पनीबाट तपाईंको फोन जडान गर्न आएको हुँ !’
🙂
एकदिन रोहन पहाडको यात्रा गरिरहेका थियो ।
तिर्खा लागेकोले एउटा गोठको छेउमा उभिएको बालकसँग..
रोहन : ‘ए भाई, मलाई पानी पिंउन दिन सक्छौ ?’
बालक : ‘मोही पनि छ, पानी कि मोही पिंउनु हुन्छ ? ‘
रोहन : ‘मोही नै खाउँ न त ‘
बालक : ( एक लोटा मोही दिंदै )‘धेरै छ, थपेर खानुस् है ‘
रोहन : ‘अनि तिम्रोमा मोही कसैले खादैन र ?’
बालक : खान्छौं नि, ‘आज पो मोहीको भाँडोमै मुसो मरेछ ।त्यसैले नखाएको’
रोहन : रिसाउँदै, लोटा भुइमा बजारेर दुई टुक्रा पारिदिन्छ
बालक : ( रुँदै) ‘अब भरे देखि केमा पानी लिएर ट्वाईलेट जाने होला !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com