तिन रुपैयाँमा श्रीमति र लोभी चंखे र प्याकुली…
प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार ०४:२७
(रोहन र उसकी गर्लफ्रेण्डसँग बाटोमा एउटा भिखारीको जम्काभेट हुन्छ )
भिखारी : ‘हजुर मलाई १० दश रूपैयाँ दिनुस न, म मेरी गर्लफ्रेण्डलाई फोन गर्छु’
रोहनकी गर्लफ्रेण्ड : ( रोनसँग) देख्नु भयो त, एउटा भिखारीले पनि आफ्नी गर्लफ्रेण्डलाई कति माया गर्छ !
भिखारी : ‘मेडम, म पहिले भिखारी होइन, उनलाई फोन गर्दा गर्दै भिखारी भएको हुँ !’
(कन्चुस चंखे र उसकी पत्नी प्याकुली )
प्याकुली : सुन्नु न, आज राती मैले एउटा सपना देखें नि
चंखे : अँ , के देख्यौ सपनामा भन त ?
प्याकुली : हामी दुबैजना बसमा यात्रा गरिरहेका थियौं । अचानक बस नदीमा डुबेपछि म आत्तिई रहेकी थिएँ, तपाईँ चिच्याउदै कसैलाई बोलाँउदै ,खोजिरहनु भएको थियो ।
चंखे : ‘ए, शायद म तिमीलाई नै खोज्दै अनि बोलाउँदै थिएँ हो ?’
प्याकुली : ‘होइन, बसको कण्डक्टरलाई, “मेरो तिन रुपैयाँ फिर्ता नदिई कहाँ गइस् भन्दै हुनुहुन्थ्यो !’
सुरेश : (आफ्नो साथी नितेशसँग) ‘नितेश, गर्लफ्रेण्डलाई प्रपोजको उपयुक्त दिन अप्रिलको पहिलो दिन नै रहेछ यार !’
नितेश : किन र सुरेश ?
सुरेश : ‘स्विकार गरे गर्लफ्रेण्ड नत्र अप्रिलफुल !’