टेलिभिजनमा भुतुक्क,चोर पस्यो सुटुक्क…

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार ०३:००

जेलमा रहेका दुई कैदीबीच कुराकानी हुँदै…

पहिलो कैदी : (अर्को कैदीसँग) ‘तिमी कसरी र किन जेल पर्यौ ?’

दोश्रो कैदी : ‘सरकारसँग मेरो प्रतिस्पर्धा चलिरहेको छ । मैले जीत्न खोजें भनेर मलाई पक्डिएको’

पहिलो कैदी : ‘प्रतिस्पर्धा के कुरामा छ त ?’

दोश्रो कैदी : म पनि सरकारले जस्तै नोट छाप्ने काम गर्दैछु  !

एउटा ‘गठ्ठे’ चोरीको रिपोर्ट लेखाउँन चौकीमा पुग्छ…

गठ्ठे : ‘इन्सपेक्टर सा’ब आज राती मेरोमा चोर पसेर टि भि बाहेक सबै चिज लग्यो । खोजिदिनु पर्यो हजुर !’

इन्सपेक्टर : ( अचम्म मान्दै) ‘अनि टि भि चाँही किन लगेनछ  त ?’

गठ्ठे : ‘टि भि त मैले हेर्दै थिएँ सा’ब !’

शिक्षक : ‘विनोद, तिमीले होमवर्क गरेनछौ । अब तिमीलाई के सजाय दिउँ ?’

विनोद : ‘सर, रुन्चीले पनि होमवर्क गरेको छैन । हामी दुबैजनालाई  ट्वाइलेटमा थुनिदिनुस् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com