स्वास गनाउनेलाई यतिसम्म हेपिन्छ स्वर्गमा…

प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार ०४:२८

कंजुस वकिल : ‘(पत्निसँग) सुन न, जब म सुट लगाएको हुन्छु, पसलेले तरकारीको मुल्य बढि लिन्छ । थोत्रा मैला लगाएको बेला सस्तो दिन्छ । के गर्नु भन त ?’

पत्नि : ‘भोलिदेखि कमन्डलु लिएर जानुस्, उसले सित्तैमा दिन्छ !’

😀

ज्योतिषी : ‘(हात हेराउन आएकी सुन्दरीसँग ) हेर सुन्दरी, तिम्रो विवाह एउटा जँड्याहासँग हुने योग छ । सुरुमा निकै दुख हुने देखिन्छ ।
सन्दरी : ‘अनि गुरु, सधैँ दुख कि सुधार हुन्छ ?’

ज्योतिषी : ‘हुन्छ, केही परिवर्तन हुन्छ ।’

सुन्दरी : ( खुशी हुँदै) ‘अनि के हुन्छ गुरु ?’

ज्योतिषी : ‘सहने क्षमता विकास हुनेछ !’

😀

एक पटक एक बृद्धा महिला डाक्टरकोमा गएर भनिन-

‘डाक्टर सा’ब दाँतमा धेरै दुखाई भयो !’

डाक्टर : ‘मुख आँ गर्नुस् त !’

महिला : (मुख बाउँछिन) आँ….

डाक्टर : ‘अझैँ आँ गर्नुस् !’

महिला : आँ…..

डाक्टर : ‘अझै आँ गर्नुस् !’

महिला : ( रिसाएर) ‘के तपाईँ मेरो मुखमा चढेर दाँत निकाल्ने हो डाक्टर !’

😀

बाबु : ‘रोहन, तिमी यो तराजु लिएर किन स्कुल जाँदैछौ हँ ?’

रोहन : ‘हजुरले भन्नु भएको थियो- कुरा गर्दा तौलिएर गर्नु पर्छ !’
😀

धर्मगुरु : ‘( एउटा जँड्याहालाई) हेर, तिम्रो स्वास धेरै गन्हायो । अब तिम्रा लागि स्वर्गमा पनि ठाँउ मिल्दैन ।’

जँड्याहा : ‘स्वर्ग जाँदा त मैले स्वास यहि छोडि सकेको हुनेछु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com