आफ्नै पत्निले भिख माग्न जाउ भने पछि…

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार ०१:५१

 

कंजुस व्यापारी : (पत्निसँग) ‘सुन न, जब म सुटेट् भएर जान्छु, पसलेले तरकारीको मुल्य बढि लिन्छ । पुराना कपडा लगाएर गएकोबेला सस्तो दिन्छ, के गरौं भन त ?’

पत्नि :  (रिसाउँदै) ‘भोलिदेखि बटुको थाप्दै जानुस्, उसले सित्तैमा दिन्छ !’

ज्योतिषी : ( हात हेराउन आएकी युवतीसँग ) ‘हेर्नुस्, तपाईँको विवाह एउटा जँड्याहासँग हुने योग छ । सुरुमा निकै दुख पनि हुने देखिन्छ ।’

युवती : ‘सधैँ दुख भइरहन्छ गुरु ?’

ज्योतिषी :  ‘होइन, केहि परिवर्तन हुन्छ ।’

यु्वती : ( खुशी हुँदै) ‘अनि के हुन्छ गुरु ?’

ज्योतिषी : ‘चिन्ता नलिनुस्,तपाईँमा सहने क्षमता विकाश हुने छ !’

एक पटक एक बृद्धा महिला डाक्टरकोमा गएर भनिन- ‘
डाक्टर सा’ब मेरो दाँतमा धेरै दुखाई भयो’

डाक्टर : ‘मुख आँ गर्नुस् त’

महिला : (मुख बाउँछिन) आँ….

डाक्टर : ‘अरु आँ गर्नुस् ‘

महिला : आँ…..

डाक्टर : ‘अझै आँ गर्नुस् त’

महिला : ( रिसाएर) ‘के तपाईँ मेरो मुखमा चढेर दाँत निकाल्ने हो डाक्टर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com