यसरी माग्ने कि माग्दामाग्दै दिने बनोस् माग्ने…

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार ०३:५०

 

 

दु:खदाश : (वन्दीगृहमा) ईन्सपेक्टर सा’ब ! दिनेश मेरो पुरानो साथी हो । उ इमान्दार छ । उसले यति ठुलो अपराध गर्नै सक्दैन । उसलाई छाडिदिनुस् । त्यसको बदलामा म जे पनि गर्न तयार छु ।’

ईन्सपेक्टर : ‘त्यसोभए तपाईँ नै भित्र पस्नुस् । त्यो मान्छे आज राती नै बन्दीगृहको पर्खाल नाघेर भागेछ !’

रोहन : (बाबुसँग) ‘बाबा मलाई १०० रुपैंया दिनु न ।’

बाबु : ‘पहिला, मैले २ दिन अघि दिएको  हिसाब देखाउ,  अनि सोचौंला ।’

रोहन : ‘बाबा, हिसाबकै कुरा गर्ने हो भने मैले बच्चा छँदा देखि आजसम्म टिका लगाएर पाएका पैसाको हिसाब मलाई दिनु त !’

सडकको पेटीमा बसेर बच्चा रोई रहेको देखेर एकजना बटुवाले सोधे…

बटुवा : ‘किन रोएको बाबु  ?’

बच्चा : ‘पहिला १० रुपैया दिनुस्, अनि मात्र भन्छु ।’

बटुवा : (पैसा दिंदै) ल समात १० रुपयाँ । अब भन त किन रोएको ?’

बच्चा : ‘म यहि १० रुपयाँ कमाउँन रोएको थिएँ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com